FILTER SEARCH
ID: 202009B32
Created At: 05-Sep-2020 12:57 PM
एउटा प्रसिद्ध भनाइ छ, ‘डेप्थ अफ दी डेमोक्रेसी क्यान बी मेजर्ड बाई दी वाइड्थ अफ दी फुटपाथ’ अर्थात् कुनै पनि देशको प्रजातन्त्रको गहिराइ थाहा पाउन त्यहाँको फुटपाथको चौडाइ नापे पुग्छ । हरेक देशको सरकार, समाज, सहरका सामाजिक चेतना, संस्कार, विकासको पहिलो ऐना हो सडक, बाटाहरू र यसका अवयवहरू ! प्रजातन्त्रले बोक्ने प्रमुख गुणहरू स्वतन्त्रता, समावेशिता र नागरिक अधिकारहरू माग्ने, अभिव्यक्त गर्ने पहिलो पब्लिक स्पेस सडक, बाटा र यसको प्रमुख मानवीय अवयव फुटपाथ हो ।
एउटा प्रसिद्ध भनाइ छ, ‘डेप्थ अफ दी डेमोक्रेसी क्यान बी मेजर्ड बाई दी वाइड्थ अफ दी फुटपाथ’ अर्थात् कुनै पनि देशको प्रजातन्त्रको गहिराइ थाहा पाउन त्यहाँको फुटपाथको चौडाइ नापे पुग्छ । हरेक देशको सरकार, समाज, सहरका सामाजिक चेतना, संस्कार, विकासको पहिलो ऐना हो सडक, बाटाहरू र यसका अवयवहरू ! प्रजातन्त्रले बोक्ने प्रमुख गुणहरू स्वतन्त्रता, समावेशिता र नागरिक अधिकारहरू माग्ने, अभिव्यक्त गर्ने पहिलो पब्लिक स्पेस सडक, बाटा र यसको प्रमुख मानवीय अवयव फुटपाथ हो ।
हरेक सभ्यताका चरणमा बनेका नगर, सहर र बस्ती विकासहरूमा बाटालाई प्रमुख आधाररेखा बनाएर अन्य सहरी प्रारूपहरूको निर्माण गरिएका हुन्छन् । प्राचीन चिनियाँ या रोमनकालका उदाहरणहरू या हाम्रै लिच्छवि, मल्लकालमा विकसित गरिएका नगरीय मोडलहरू ! मानवको सहज आवगमन (मोबिलिटी) का लागि सडकहरू पैदलयात्रुमैत्री बनाइएका पाइन्छन् ।
यसरी हेर्ने हो भने हाम्रो प्रजातन्त्रको गहिराइ बुझ्न त्रिपुरेश्वर, टेकुलगायत सहरका अन्य अधिकांश क्षेत्रका सडकका फुटपाथहरू काफी छैनन् ? चौडा सडक र खाल्डाखुल्डी र खुम्चाइएको विदीर्ण फुटपाथ हाम्रा प्रजातन्त्रको वास्तविक आकारको विम्ब होइनन् ? हरेक पटक सडक विस्तार हुँदा फुटपाथचाहिँ किन घट्छ ? चिल्ला महँगा गाडीहरू कुद्ने चौडा सडकहरू र आममानिसहरू पैदल हिँड्ने निरीह अस्तित्वहीन फुटपाथहरू ! खाल्डाखुल्डी, धूलोमैलोले भरिएका सहरका फुटपाथ लोकतन्त्रको छ्याके अनुहारको प्रतिबिम्व होइनन् ? पैदलयात्रीहरूप्रतिको सरकारी संवेदनशीलता तिनै खाल्डाहरूमा पुरिएका छन् । धूलोसँगै उडेका छन् ।
सडक, बाटाका प्रयोगकर्ताहरूको ‘हाइआर्की’ मा पैदलयात्री, अपांगता भएका र ह्विलचेयर प्रयोगकर्ताहरू पहिलो दर्जामा हुन्छन् । दोस्रोमा साइकलयात्री, तेस्रोमा सार्वजानिक यातायातका साधन । पुछारतिर निजी कार, मोटरगाडीहरू, मोटरसाइकलहरू । तर हाम्रा नीतिनिर्माता र सरकारीविज्ञहरूको दिमागी दिवालियापन सडकमा छरपस्टै देखिन्छ । यहाँ सडक प्रयोगकर्ताहरूको ‘हाइआर्की’ बाँकी विश्वकोभन्दा ठीक उल्टो छ । निजी कार, मोटरगाडी, मोटरबाइकहरू फेदबाट टुप्पामा परेका छन् । ४/६ लेनको सडकमा मोटरगाडीका लागि मात्र प्राथमिकताका साथ लेन राख्नु सडक, राजमार्गलाई अराजक र अमानवीयकरण गरिएका कारण सडक, बाटाहरू बेथितिमय छ, हाम्रा हरेक सहरहरूमा । आज यसैका कारण सडक दुर्घटनामा मारिनेमा पैदलयात्रीहरू धेरै छन् । सन् २०१२ मा सडक सुरक्षाविज्ञ तथा यातायात इन्जिनियर लक्ष्मण केसीको अध्ययनअनुसार सडक दुर्घटनामा मारिनेहरूमा ५२ प्रतिशत पैदलयात्री थिए ।
हाम्रा सहरको विकास र व्यवस्थापनका प्रारूपहरूमा मुलुकको र सहरका भविष्य, हाम्रा बच्चा, केटाकेटीहरूलाई कहाँ राखिएको होला सोच्नुभएको छ ? अथवा बुज्रुग उमेरका वृद्धवृद्धाहरू ! अझै अनौपचारिक क्षेत्र जसले सहरलाई चलायमान बनाउँछ, तिनमा काम गर्ने मानिसहरूलाई ? घरर्गहिणीहरू, सरसफाइकर्मीहरू, स्विपर, तरकारी दूध बेच्ने मानिसहरू, फुटपाथका व्यापारी, सडक बालबालिका, अनाथ बच्चा र घरबाट त्यागिएका वृद्धवृद्धाहरू, मनोरोगीहरू, चराचुरुंगी र जनावरहरू ! यी सबैलाई ओगट्ने प्रारूपका विकास सहरले कसरी लिएको छ ? सहरलाई आखिर जीवन्त कसले बनाउँछ ? धुवा र धुलो उडाउदै हिँड्ने गाडीले मात्र सहर हुन्छ ? सन् २०११ कै जनसंख्यालाई हेर्ने हो भने देशको जनसंख्या तथ्यांकअनुसार १४ वर्षमुनिका केटाकेटी, बच्चाहरू ३४.८२ प्रतिशत छन् । ५५ वर्षमाथिका पाको र वृद्ध जनसंख्या ११.२३ प्रतिशत । दुवै जोडिँदा ४६.०५ प्रतिशत जनसंख्या बालबच्चा र वृद्धवृद्धाहरू छन् !
राजमार्गबाहेकका सहरी सडक, बाटाहरूलाई ‘पब्लिक स्पेसका’ रूपमा लिइन्छ ! पब्लिक र प्रजातन्त्रबीचको सम्बन्ध यही ‘स्पेस’ मा हुने अभिव्यक्तिद्वारा निर्धारण भइरहेको हुन्छ । त्यसो भए हाम्रो जनसंख्याका आधा वृद्धवृद्धाहरू र केटाकेटी सहरको प्रारूप र विकास नीतिमा कहाँ अटाएका छन् त ? देशभरमा अपांगता भएकाको जनसंख्याको ५ प्रतिशत छन् भन्ने अनुमान छ । अतः यतिका आधा जनसंख्यालाई ओगट्ने उमेर र वर्गहरूलाई आवागमन र हिँडडुलका लागि सडक, बाटाहरूमा ठाउँ कहाँ दिइएको छ त ? लोकतन्त्रको यस मौलिक हकलाई सरकार र नीतिनिर्माताहरूले बुझ्न खोजेको देखिँदैन । अतः सडकमा ऊपयुक्त फुटपाथ, साइकल/ह्विलचेयर लेन, बस लेन र दृष्टिविहीनहरूलाई टाक्सटाइल पेभिङ भएको फुटपाथसहित चाहिन्छ । समाजवादी स्वभाव र समावेशितालाई हरेक नीतिमा अँगाल्नु पर्छ । सडक र फुटपाथ यसबाट अलग कसरी हुन सक्छ ? २०७४ साउन ११ गते । झरीले बौद्धको सडक पानीमा डुबेको थियो । पानीमा फसेका एक ह्विलचेयर प्रयोगकर्तालाई ९ कक्षामा पढ्ने सुजाता गोलेले तानेर पानीबाट निकालिन् । यो दृश्य कान्तिपुरका फोटोपत्रकार संजोग मानन्धरले खिचे । काठमान्डु पोस्टमा यो फोटो छापिएलगत्तै सामाजिक सञ्जालमा यो फोटो भाइरल भयो । यो फोटोले हाम्रो सडकको हविगत र अपांङ्गता भएकाका पीडाका कथा खोल्न समाजलाई झक्झकायो । सरकारी मनुवाहरूलाई भने यसले पनि कहीं कतै छोएको देखिएन । असारे विकास– ३/४ महिने पिच र लोकतन्त्र !
गत चैत १४ गते बिहीबार बिहान जोरपाटी, खगेन्द्र नवजीवनअगाडिको विस्तार गरिएको सडकमा फुटपाथ मान्छे हिँड्नै नमिल्ने गरी बनाइएको भन्दै ह्विलचेयर प्रयोगकर्ताहरू जम्मा भएर विरोध गरे । घन र पिक लिएर फुटपाथ भत्काइदिए । खगेन्द्र नवजीवन अपांग केन्द्रभित्र जान ह्विलचेयरवालाहरूका सहजताका लागि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पहलमा चन्दा संकलन गरेर चार वर्षपहिले र्याम्प बनाइएको थियो । बल्लतल्ल बनेको र्याम्पसमेत सडक विस्तारका नाममा भत्काइँदा अपांग अधिकारकर्मीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको ध्यानाकर्षण गराएका थिए । तर परिणाम शून्य ! यही आक्रोश थियो उक्त विरोध !
सडक विभाग र काठमाडौं उपत्यका प्राधिकरणले मोटरगाडी, कार र बाइक प्रयोग गर्ने १० प्रतिशत मात्र सडक प्रयोगकर्ताहरूका लागि लगभग सबै १०० प्रतिशत जनता (मोटरगाडी, बाइकवालाहरू पनि कुनै बेला पैदलयात्री नै हुन्छन्) का दैनिक जीवनलाई किन कष्टकर बनाएका हुन् ? यहाँ यस्तो संवेदनशील आधारभूत कुरामा पनि कसको स्वार्थमा यस्तो निर्णय गरिरहेका हुन्छन् ? यी सधैं उठिरहेका गम्भीर जनप्रश्नहरू हुन्छन् ।
२ वर्षअघि सामाखुसी चोकमा स्कुलबाट फर्किंदै गर्दा नालामा खसेकी ९ कक्षाकी छात्रा सत्या सापकोटालाई केही युवाले पछ्याउदै उद्धार गरे । गत वर्ष कात्तिक १० गते शनिबार बेलुका साइकलबाट घर फर्किंदै गर्दा ६ महिनादेखि खुला छाडिएको मेनहोलमा खसेका साइकलप्रेमी, योग इन्स्ट्रक्टर श्याम श्रेष्ठको भने यसरी उद्दार हुन सकेन । उनले अनाहकमा ज्यान गुमाए । यस्ता घटनामा काठमाडौंमा मात्र सिमित छैनन् । भदौ पहिलो हप्ता बिर्तामोडमा नगरपालिका भवनको केही दूरीको सडकमा खुला छाडिएको नालामा खसेर डुबेको अवस्थामा स्थानीय ६७ वर्षीय सुमित्रा राईको लास भेटिएको थियो ।
यी दुर्घटनाले सडकसँग जोडिएका सरकारी निकायका चरम लापरबाही बुझाउँछ । सडक बनाउने तर ढल, नाला, बिजुलीका पोल, तारलाई बेवास्ता गर्नुले सरकारी अधिकारी कति गैरजिम्मेवार छन् भन्ने बुझिन्छ । यतिका लामो समयसम्म नागरिकका अधिकार र समस्याप्रति सरकारी निकाय संवेदनशील किन छैनन् ? काठमाडौंलगायत हरेक सहर, नगरहरूको सहरी यातायात नीतिमा अनिवार्य पैदलमैत्री, साइकलमैत्री, ह्विलचेयरमैत्री र अपांगमैत्री ‘स्ट्यान्डर्ड’ तोकिनुपर्छ । हरेक यातायात योजना कार्यक्रमहरूमा त्यसलाई लागु गर्नुपर्छ । यदि सडक केवल मोटरगाडी, कार, बाइकहरूकै लागि हुन् भने हाम्रा सडकको अराजक प्रवृत्तिले हजारौंका ज्यान त लिने नै छ साथै देशकै आर्थिक, वातावरणीय, सामाजिक र मनोवैज्ञानिक क्षय पुर्नै नसकिने हदसम्म जानेछ । अत्यन्त सिकिस्त बिरामीलाई बोकेर इमर्जेन्सी साइरेन बजाउँदै दौडिने एम्बुलेन्सलाई जानीजानी बाटो नछाड्ने असभ्य, अक्षम्य हाम्रा व्यवहार त त्यही सडकमा देखिन्छ ।
गत आर्थिक वर्षमा २ खर्ब १७ अर्ब पेट्रोलियम पदार्थ आयातमा खर्च भएको छ । आधा खर्ब बराबरको मोटरगाडी, कार, बाइकहरू आयात भएको छ भने लगभग एक तिहाई खर्ब तिनका पार्टपुर्जाहरू, १० अर्बबराबरको लुब्रिकेन्ट र ८ अर्ब बराबरका टायरहरू आयातमा ! यसरी ३ खर्ब बराबर याने देशको एक तिहाइ बजेट बराबरको आयात खर्च हामीले सवारी साधनहरूमा गर्ने गरेका छौं । गएका तीन आर्थिक वर्षमा मात्र सरकारले मुलुकको ढुकुटीको लगभग साढे १५ अर्बको मोटरगाडी, कार, बाइक किन्नमा खर्च गरेको छ । गत आर्थिक वर्षमा मात्रै ६ अर्ब ६१ करोड ४५ लाख रुपैयाँ खर्च गरेर ६ हजार ९ सय ९ वटा मोटरबाइक तथा १ हजार २४ कार, जिप, सवारीसाधनहरू खरिद गरेको छ । विगत एक दशकमा लगभग ७० अर्बभन्दा बढी रुपैयाँ जनताको पसिनाको कमाइको सरकारी ढुकुटीको रकम गाडी र मोटरबाइक किन्न सकिएको छ ।
आव ०७५/७६ मा नेपाली उपभोक्ताले नेपाल आयल निगमसँग रु.२ सय ६३ अर्बको पेट्रोलियम इन्धनमा खर्च गरेका छन् । जबकि उक्त वर्षमा पुँजीगत विकास खर्च छुट्याइएको ३ सय १३ अर्बमा सरकारले मात्र २ सय ३८ अर्ब खर्च गर्न सकेर निर्वाचित सरकार र नोकरशाहीहरूको स्थायी सरकारले असक्षमता देखाएको छ ।
सडक, बाटाहरूका प्राथमिकता र अधिकार स्थानीय जनताबाट खोसिएर केवल कार, मोटरगाडी, बाइकहरूलाई मात्र दिनुलाई जनघात मानिनुपर्छ ! चौडा सडकहरू यदि पैदलमैत्री, अपांगमैत्री, साइकल/ ह्विलचेयरमैत्री हुन सकेन भने यसले साधारण वा गरिब जनतालाई सडकबाट बेदखल गर्ने छ । यसले समाजमा गरिब र धनीको खाडललाई बढावा दिन्छ ! जसले समाज र देशमा सामाजिक द्वन्द्व निम्त्याउन सहयोग गर्छ । अतः लोकतन्त्रमा सडक, राजमार्गहरू केवल सीमित उच्च वर्ग, धनीहरूका मोटरगाडी वेगमा दौडाउने खेलमैदान मात्र होइनन् । राष्ट्रको अधिकांश जमात उही निम्न, मध्यम वर्गका नेपालीहरूको छ, जसका भोटले सरकार चुनिन्छन् । जसका करले देश चल्छ र जसका श्रमले देश बन्छ । तर सडक, बाटाहरूमा अधिकांशतः त्यही वर्गका जनताका मौलिक सडक अधिकार किन लुटिन्छ ?
नागरिकबाट उठाइएको करबाट बनाइने सडक, बाटामा उसकै भूमिका पन्छाउनु नागरिक–अपमान हो ! सडक बिस्तार र चौडा गरिनुपर्छ तर गाडीका लागिमात्र होइन । विस्तारित सडक, चौडा बाटाहरूमा अझै फराकिला फुटपाथ, साइकल लेन, ग्रिनबेल्ट सडकको सुन्दरता हुन् । पैदलयात्री, अपांगता भएका र साइकलयात्रीलाई बहिष्करण गरेर विस्तार गरिएका अलकत्रे सडक काला मरुभूमिसरह हुन्, जहाँ केवल अराजक मेसिनहरू कर्कश ध्वनि, धूवाँ र धूलोको आतंक फौलाउँदै कुद्छन् । अतः सबैलाई समेटिने गरेर बनाइने सडक नै पूर्ण सडक हो जुन समावेशी र प्रजातान्त्रिक हुन्छ ।
काठमाडौं उपत्यकामा २ हजार किमिभन्दा बढी लम्बाइका पिच सडक बनेका छन् । यीमध्ये अधिकांशमा उपयुक्त फुटपाथ छैनन् । साइकल लेनहरू भने तिलगंगादेखि एयरपोर्टसम्मको प्रयोगविहीन र भत्काइएको अवस्थाको लगभग १ किमि, फिः ब्यखः (माइतीघर) देखि तीनकुनेसम्म गलत डिजाइनका साथ बनेको अनुपयुक्त २.७ किमि र जडीबुटीदेखि पेप्सिकोलासम्म लगभग १ किमि साइकल लेन छन् । काठमाडौं महानगरपालिकासँगको सम्झौताबमोजिम माइतिघरदेखि तीनकुनेसम्मको साईकल लेनलाई रिफन्कसनलाइज गर्न रिभ्यु अध्ययन नेपाल साइकल सोसाइटीले गरेको छ । राष्ट्रकै ठूलो धनराशि मोटरगाडी संस्कृति र यातायातका लागि खर्च हुँदै गर्दा कर्पोरेट व्यवसायीहरूले कार, मोटरगाडी, बाइकहरूलाई समाजको आवश्यकता र विकासको सूचक भन्दै व्यापार वृद्धि गर्दै छन् । कार संस्कृति भलै हाम्रा लागि नौला होला तर विश्व परिवेशमा विकसित र सचेत सहरहरू, काररहित सहरको परिकल्पना र अवधारणामा गइसकेका छन् । सन् १९७६ बाट कोलम्बियाको बोगोटाबाट सुरु भएको यो अभियानमा संसारका लगभग ४ सयभन्दा बढी सहर जोडिइसकेका छन् । सहरका कोर एरियामा मोटरेबल गाडी, कारहरूलाई पूर्णरूपमा निषेध गरी पैदलमैत्री, साइकलमैत्री बनाउन थालिएका छन् । हाम्रा पुराना ऐतिहासिक नेवारी सहरहरूका गुणावशेषहरू यस अभियानमा अँगालिएका छन् । युरोपभरि ७६ हजार ३ सय ७७ किमि युरोभेलो साइकल रुट तयार भइरहेको छ भने हजारौं किमिको एकीकृत साइकल नेटवर्क विकास भइरहेको छ । सन् १९७० तिर ‘कार किल्स चाइल्ड’ यही बृहत् आवाजहरूबाट उठेको बृहत् नागरिक अभियानको कारण नै एम्स्टरड्यामलगायत सम्पूर्ण डच सहस, नगरहरू आज विश्वका लागि साइकलमैत्रीको उदाहरण बन्न पुगेका छन् ।
भनाइ नै छ– मूर्खहरू आफैंलाई परेर चेत्छन्, बुद्धिमानीहरू पढेर चेत्छन् तर ज्ञानीहरू अरूको देखेर नै चेत्छन् ! हाम्रो बुद्धिको स्तर हाम्रा सडकका डिजाइनहरू, सडक संस्कृतिहरू र सडक दुर्घटनाका दैनिक समाचारहरूले स्पष्ट रेखांकन गरिरिहेको छ । अब उत्तर माग्ने बेला आएको छ– हाम्रो सहर र सडकहरू बाइक, मोटरगाडी, कार केन्द्रित किन र कसको स्वार्थका लागि ? नागरिककेन्द्रित विकास गर्न सरकारलाई कसले छेकेको छ ?
बोगोटाका प्रसिद्ध जनमुखी पूर्वमेयर तथा साइकल अभियन्ता ऐनरिक पेनोसोलाले भनेका थिए, ‘धनीहरूका मनोरञ्जनका लागि त क्लब छन् तर गरिबका लागि फुटपाथबाहेक केही छैन । प्रजातन्त्रको गहिराइ यही फुटपाथको चौडाइबाट नाप्न सकिन्छ !’ (लेखक नेपाल साइकल सोसाइटीका अध्यक्ष हुन् ।)
प्रकाशित : कार्तिक २, २०७६ १०:४२See More Product Images:
202005B39
अनुदान लिन स्टार्टअपलाई प...
सरकारले स्टार्टअप (नवप्रवर्तक)...
202005B51
कोरोनालाई उछिन्न साइकल
गत अप्रिलमा बेल्जियमकी यातायात...
202008B16
अत्यावश्यक सेवामा प्रहरीक...
तीनै जिल्ला प्रशासन कार्यालयले...
© 2026 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout
