FILTER SEARCH
ID: 202009B34
Created At: 05-Sep-2020 09:47 PM
मानबी बानीयाँ,हेटौंडा । कोरोनाकै कारण विभिन्न्न ल्लाका शहर तथा विदेशबाट फर्किएकाहरुको जमघटले अहिले गाँउघरमा चहलपहल छ । ती मध्ये धेरै खेतिपाती र स्वरोजगारीमा लागेका छन् । कामबाट फुर्सद निकालेका युवाहरु खेलकुदमा समेत रमाएका छन् । पढाई तथा रोजगारीका लागि गएका …
मानबी बानीयाँ,हेटौंडा । कोरोनाकै कारण विभिन्न्न जिल्लाका शहर तथा विदेशबाट फर्किएकाहरुको जमघटले अहिले गाँउघरमा चहलपहल छ । ती मध्ये धेरै खेतिपाती र स्वरोजगारीमा लागेका छन् । कामबाट फुर्सद निकालेका युवाहरु खेलकुदमा समेत रमाएका छन् । पढाई तथा रोजगारीका लागि गएका युवाहरु कोरोना महामारीका कारण घर फर्किएपछि अहिले मकवानपुरको गाँउमा युवाहरुको जमात छ । कामका लागि वर्षदेखि भारत तथा तेस्रो मुलुककमा बसेको जनशक्ती कृषिमा रमाई रहेका छन् । त्यस बाहेक स्कुल कलेज बन्द हुँदा घरमै बसेका युवाहरु घरपरिवारलाई सघाउने र फुर्सदमा खेलकुदमा तल्लिन देखिन्छन् । उनिहरुले गाँउमा फुटबल, क्रिकेट तथा साईकिलिङ लगायतका खेललाई प्राथामिकता दिएका छन् ।
हेटौंडा १८ हर्नामाडीमा लकडाउन अघि त्यति युवाको भिड लाग्थेन जाती अहिले फुटबल खेल्नमा छन् । कोहि विदेशबाट फर्किएका र कोहि विद्यालय क्याम्पस बिदा भएका युवाहरु फुटबल खेल्ने ठाँउमा भेटिन्छन् । लामो समयदेखि फुटबल खेल्दै आएका त्यहाँ दाजुभाई विक्रम पाण्डे र राजेश पाण्डेपनि हुन् । उनिहरु दुबैजना लकडाउनको भरपुर आनन्द लिईरहेका छन् फुटबलबाट । बिक्रम पाण्डेका अनुसार, आफुहरु अन्य काममा व्यस्त हुने भएको कारणले अहिले निषेधाज्ञाले साथिभाई माझ सम्बन्ध बढाउने काम गरेको प्रतिक्रीया दिए । सिक्ने र सिकाउने क्रम भईरहेको उनको भनाई छ । दैनिक गाँउघरकै २० देखि २५ जनासम्म जम्मा भएर फुटबल खेल्ने गरेको पाण्डेले बताए ।
खेलकुद मार्फत एकआपसमा एकता र मेलमेलिाप अवसर समेत सहयोग पुगेको छ । किनकि उनिहरु आफु खेल्छन् अरुलाई सिकाउछन् । जसले गर्दा नयाँ पुस्तालाई खेलकुद बारे जानकारी र सिक्ने अवसर मिलेको छ ।
हेटौंडा — ११ का एैसन पौडल चितवनबाट आपफ्नो सिभिल ईन्जिनियरिङ पढाई छोडेर आएको ६ महिना भयो । लकडाउनकै कारणले फर्किएका उनि अहिले विहान बेलुकी साईकिलिङ गरेर बिताई रहेका छन् । उनको लागि यो समय साईकिलिङ गर्ने एक अवसर बनेको छ । आफुलेपनि सिक्ने र अन्य नयाँ साथिहरुलाई सिकाउने काम भईरहेको पौडेलले बताए । उनि, गढी गाँउपालिका, मनहरी गाँउपालिका, बकैया गाँउपालिकाका विभिन्न ठाँउमा समेत पुगीसकेका छन् । उनको टिममा पनि २० देखि २५ जनासम्म हुने पौडलेले जानकारी गराए । सेनिटाईजर लगाएर र भौतिक दुरी कायम गरेर विभिन्न ठाँउको अवलोकन गर्ने पौडलले जानकारी गराए ।
युवा विहिन बनेका गाँउहरु अहिले वसन्तमा रुखले पालुवा फेरे झैं भएका छन् । त्यस माथि खेलकुदका माध्यमबाट अनुशासन विकास र उत्साह रिएको छ । त्यसैले गाँउ घरमा खेलकुदलाई स्थापित गर्ने यो अवसरलाई स्थानिय तहरुले पनि ध्यान दिन जरुरी छ ।
खबर ब्रेक संवाददाता[email protected] क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।
See More Product Images:
202004B1
No, e-bikes aren’t cheati...
202005B6
About 4,000 containers st...
202005B21
10 Companies That Control...
It might surprise you that the...
© 2024 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout