FILTER SEARCH
ID: 202009B35
Created At: 06-Sep-2020 12:46 AM
काठमाडौं — काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा सन् २००६ मा डब्लूडब्लूएफ नेपालको ‘युथ इन चेन्जिङ क्लाइमेट चेन्ज’ कार्यक्रमका लागि सेलेक्ट नभएका भए सायद अभिषेक श्रेष्ठले ‘क्लाइमेट चेन्ज एन्ड पोलिसी’ मा मास्टर डिग्री गर्ने थिएनन्। डब्लूडब्लूएफ नेपालको त्यही कार्यक्रममा युवाबाट छानिएर सिकेको ज्ञानकै कारण उनले स्कलरसिप पाएर यूकेस्थित युनिभर्सिटी अफ ससेक्सबाट मास्टर गरे।
काठमाडौं विश्वविद्यालयमा अध्ययन गर्दै गर्दा सन् २००६ मा डब्लूडब्लूएफ नेपालको ‘युथ इन चेन्जिङ क्लाइमेट चेन्ज’ कार्यक्रमका लागि सेलेक्ट नभएका भए सायद अभिषेक श्रेष्ठले ‘क्लाइमेट चेन्ज एन्ड पोलिसी’ मा मास्टर डिग्री गर्ने थिएनन्। डब्लूडब्लूएफ नेपालको त्यही कार्यक्रममा युवाबाट छानिएर सिकेको ज्ञानकै कारण उनले स्कलरसिप पाएर यूकेस्थित युनिभर्सिटी अफ ससेक्सबाट मास्टर गरे।
त्यतिबेला क्लाइमेट चेन्ज नयाँ विषय थियो। कार्यक्रमका लागि सेलेक्ट भएर जलवायु परिवर्तन, त्यसको असर, नेपालमा देखिएका समस्याबारे अभिषेकले धेरै बुझ्ने अवसर पाए। ‘कार्यक्रमबाट सिकेको तथ्यलाई देशभरका युवामाझ लैजानु बेटर ठानें,’ उनले सम्झिए, ‘त्यसपछि स्कुल र कलेजमा गएर क्लाइमेट चेन्जबारे जनचेतना फैलाउन थालें।’ अभिषेक र उनको टिमले काठमाडौंका विभिन्न स्कुलमा क्लाइमेट चेन्जबारे क्लास दिए, क्लाइमेट चेन्जले निम्त्याएको असर समेटिएका ड्रामा देखाए। यो क्रम सन् २००८ सम्मै चल्यो। त्यही वर्ष भारतको हैदराबादमा ‘इन्डियन युथ समिट अन क्लाइमेट चेन्ज’ को आयोजनामा भएको कार्यक्रममा सहभागी भए अभिषेक र अर्का युवा मञ्जित ढकाल। उनीहरूलाई अब्जर्भरका रूपमा कार्यक्रममा निम्त्याइएको भए पनि क्लाइमेट चेन्जमा युवाको भूमिकाबारे ज्ञान हासिल गर्ने अवसर भयो। ‘अरू देशमा युवा संगठित भएर क्लाइमेट चेन्जको मुद्दालाई उठाएको पायौं,’ २९ वर्षे अभिषेकले सुनाए, ‘युवाको आवाज बलियो बनाउन सके धेरै काम गर्न सकिने अठोट गर्यौं र नेप्लिज युथ फर क्लाइमेट एक्सन (एनवाईसीए) स्थापना गर्यौं।’ एनवाईसीएमार्फत क्लाइमेट चेन्जबारे जनचेतना फैलाउने अभियान सुरु भयो। सन् २००९ मा जलवायुसम्बन्धी कोपनहेगन सम्मेलन हुनु अघि पनि उनीहरूले जनचेतनामूलक धेरै कार्यक्रम गरे। कोपनहेगनमै पनि अभिषेकसहितका नेपाली युवाले क्लाइमेट चेन्जबाट पीडित बनेका देशका पक्षमा वकालत गरे। युवालाई एकत्रित गर्दै अघि बढेकै कारण सन् २०१० मा उनलाई ब्रिटिस काउन्सिलले ‘ब्रिटिस क्लाइमेट च्याम्पेनर’ सेलेक्ट गर्यो। त्यसमार्फत उनले देशभरि क्लाइमेट चेन्जबारे जनचेतनामूलक अभियान चलाए। ‘युवा पुस्तालाई सजग गराउने खालका धेरै एक्टिभिटीमा सहभागी भएँ,’ सम्झिए, ‘त्यो मेरा लागि पनि फलदायी भयो।’ सन् २०११ मा जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकको महासन्धि (यूएनएफसीसीसी) ले युवाको फोकल प्वाइन्ट छान्न गरेको इलेक्सनमा पनि अभिषेक सेलेक्ट भए। उनी अहिले दिगो विकास इन्स्टिच्युटमा क्लाइमेट चेन्ज तथा इनर्जीकै पोलिसीका इस्युजमा काममा तल्लीन छन्। यस्तै रिजनलाल मुल्मीले स्कुल पढ्दा एनिमलन रेस्क्युबारे जान्ने अवसर पाएका थिएनन्। पाएका भए सायदै उनी अहिले क्लाइमेट चेन्जका मुद्दामा सक्रिय हुने थिएनन् होला। जेम्स स्कुलमा ९ कक्षामा पढ्दै गर्दा वन्यजन्तुको रेस्क्युमा काम गर्ने अवसर पाए। रुड्स एन्ड सुड्स नेपालमार्फत रिजनले वन्यजन्तु र इन्भारामेन्टल इस्युजबारे धेरै जान्ने अवसर पाए। ‘स्कुलमा लिएको त्यही ज्ञानले आज म इन्भारोमेन्टल इस्युजमा कटिबद्ध भएर लागेको छु,’ २३ वर्षीय रिजनले सुनाए, ‘ए लेभलमा पढेको इन्भारोमेन्टल मेनेजमेन्ट विषय पढेपछि झन् मैले क्षेत्र छोड्नै सकिनँ।’ ए लेभल सकेपछि उनी पूर्वी नेपाल घुमेछन्। इलाम, धरान, धनकुटा, ओखलढुंगा घुम्दा किताबमा पढेको इन्भारोमेन्टल प्रोब्लम उनले प्रत्यक्ष देखे। जलवायु परिवर्तनका कारण पानीको समस्या बढेको, तल्लो क्षेत्रमा मात्र हुने लामखुट्टे र किराजन्य रोग माथिल्लो भेगमा उक्लेको उनले देखेपछि यही क्षेत्रमा काम गर्ने अठोट गरे। त्यतिबेला जलवायु परिवर्तनको मुद्दा हटकेक बनिरहेको थियो। ‘कोपनहेगनमा हुने जलवायु सम्मेलनको रन्को काठमाडौंमा पनि थियो,’ स्किम्स कलेजमा इन्भारोमेनेज्मेन्टल मेनेजमेन्टमा बीएस्सी आठौं सेमेस्टर गरिरहेका रिजनले सम्झिए, ‘हो त्यतिबेलैदेखि म क्लाइमेट चेन्जको एजेन्डामा लागिरहेको छु।’ विश्व निकेतन साइन्स कलेजमा इन्भारोमेन्ट साइन्समा ब्याचलर पढ्दै गर्दा कीर्ति श्रेष्ठलाई क्लाइमेट चेन्जसम्बन्धी हुने विभिन्न कार्यक्रमले डोर्यायो। कीर्ति सन् २००८ देखि नेप्लिज योथ फर क्लाइमेट एक्सन (एनवाईसीए) ले गर्ने क्लाइमेट चेन्जसम्बन्धी विभिन्न गतिविधिमा सहभागी हुन थालिन्, भोलिन्टरका रूपमा। ‘सिनियर दाइहरूलाई कलेजमा लगेर क्लाइमेट चेन्जबारे लेक्चर दिन लगायौं र आफूले पनि सिक्न थाल्यौं,’ पोखरा युनिभर्सिटीबाट इन्भारोमेन्ट मेनेजमेन्टमा मास्टर गरेकी कीर्तिले सुनाइन्। उनले भनिन्, ‘अहिले टोटल्ली क्लाइमेट चेन्ज र इनर्जी सेक्टरमा इङ्गेज छु।’ इन्भारोमेन्टसम्बन्धी ज्ञानकै कारण उनी सन् २०१० देखि इन्भारोमेन्ट सेक्टरमै काम गर्ने क्लिन इनर्जी नेपाल (सीईएन) मा आबद्ध भएकी हुन्। उनी अहिले त्यहाँ क्लाइमेट चेन्ज एन्ड इनर्जीसम्बन्धी को–अर्डिनेट छिन्। सँगसँगै क्लाइमेट चेन्ज नेटवर्क नेपाल (सीसीएनएन), एनवाईसीएलगायतका संस्थाका एक्टिभिटीमा पनि उत्तिकै सक्रिय छिन्। सानै उमेरदेखि इन्भारोमेन्टमा रुचि भए पनि सुनसरीबाट काठमाडौं नआएसम्म रेगान सापकोटाले त्यसलाई नजिकबाट बुझ्ने अवसर पाएनन्। ‘एसएलसी दिएर काठमाडौं आएपछि क्लाइमेट चेन्ज सुन्न थालें,’ २३ वर्षे रेगानले स्मरण गरे, ‘त्रिचन्द्र कलेजमा ब्याचलर पढ्दा क्लाइमेट चेन्जबारे धेरै थाहा पाएँ।’ नेप्लिज युथ फर क्लाइमेट एक्सन (एनवाईसीए) मा इन्भल्भ भएपछि उनी क्लाइमेट चेन्जसम्बन्धी गतिविधिमै व्यस्त छन्। रेगान भन्छन्, ‘एनवाईसीएले युवा र बालबालिकालाई फोकस गरेर विभिन्न चेतनामूलक कार्यक्रम गर्छ।’ एनवाईसीएले चितवन, पोखरा, सुनसरी, पाल्पा, डडेलधुरालगायतका स्थानमा जलवायु चेतनामूलक कार्यक्रम गरेको छ। ‘यो बाहेक जलवायु परिवर्तनबाट अत्यन्त मारमा रहेका नेपालजस्ता मुलुकलाई न्याय दिलाउन पनि झक्झक्याइरहेका छौं,’ उक्त संस्थाका एडभोकेसी को–अर्डिनेटर रेगानले थपे। कविता गौतम ग्रास रुटमा काम गर्ने क्लाइमेट चेन्ज क्याम्पेनरका रूपमा परिचित छिन्। त्यही सक्रियताले उनलाई वातावरण मन्त्रालयको क्लाइमेट चेन्जसम्बन्धी प्रोजेक्ट जलवायु परिवर्तन सहयोग कार्यक्रममा काम गर्ने अवसरसमेत दिलाएको छ। ‘ग्रामीण क्षेत्रमा गरेको कामले मलाई मिनिस्ट्रीसम्म पुर्यायो,’ २८ वर्षीया कविता भन्छिन्। यीबाहेक सुनिल आचार्य, दिपेश चापागाईं, पल्लब रेग्मी, वसन्त पौडेल, सुशीला पण्डित पनि क्लाइमेट चेन्जको मुद्दामा सक्रिय युवा पुस्ता हुन्। उनीहरूले क्लाइमेट चेन्जले नेपालमा परेका असरलाई अन्तर्राष्ट्रियकरण गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पहल गरिरहेका छन्। नोभेम्बरमा फ्रान्सको पेरिसमा जलवायु परिवर्तनसम्बन्धी २१ औं सम्मेलन (कोप २१) हुँदैछ। केही दिन अगाडि मात्र पेरिसमा हुने क्लाइमेट चेन्जसम्बन्धी नेगोसिएसनबारे जर्मनको बोनमा प्रि–कोप बैठक सकिएको छ। त्यसमा यूनएफसीसीसीका विभिन्न पक्ष मुलुकले युवा पुस्तालाई पनि वार्ताकारका रूपमा अघि सारेका थिए। क्लाइमेट चेन्जको फोकल विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले पनि युवा अभियन्ता राजु पण्डित क्षेत्री र मञ्जित ढकाललाई नेगोसिएटर (वार्ताकार) का रूपमा सहभागी गराएको थियो। राजु लगातार ७ वर्षदेखि क्लाइमेट चेन्जसम्बन्धी सम्मेलनमा सहभागी बन्दै आएका छन्। मञ्जित पनि त्यतिबेलैदेखि सक्रिय छन्।सरकारले युवा पुस्तालाई वार्ताकारका रूपमा सहभागी गराउन थालेको धेरै वर्ष भएको छैन। ‘सन् २००७ देखि लगातार कोप बैठकमा सहभागी भएर क्लाइमेट चेन्जको मुद्दालाई नजिकबाट नियालिरहेको छु,’ राजुले सुनाए, ‘त्योबाहेक कोपअघि हुने २३/२४ बैठकमा भाग लिएँ।’ उनका अनुसार पछिल्ला केही वर्षदेखि चीन र सिंगापुरलगायतका मुलुकले योङलाई क्लाइमेट नेगोसिएटर (वार्ताकार) का रूपमा अघि बढाएको छ। सरकारले युवा र क्लाइमेट चेन्जका जानकारलाई समेटेर सन् २०१२ मा वार्ताकार समूह नै खडा गरेको थियो। सम्मेलनमा वार्ताकारका रूपमा सहभागी बन्दै आएका युवा पत्रकार रमेशप्रसाद भुसाल युवालाई नेगोसिएसनमा सहभागी गराउँदा राज्य र व्यक्ति दुवैलाई फाइदा पुगेको बताउँछन्। ‘यसले नेपाली युवाको क्षमता अभिवृद्धि पनि हुन्छ,’ भुसाल भन्छन्, ‘सरकारको रिप्रेजेन्टेसन पनि सबैतिर देखिन्छ।’
प्रकाशित : मंसिर ११, २०७२ ०९:३१See More Product Images:
202009B2
EDITORIAL: Bicycle dream
Given the short distances betw...
202009B4
I want to ride my bicycle...
Jomsom S2
202009B6
Can Kathmandu kick the mo...
City community groups are push...
202009B7
Re-Cycling Kathmandu
One silver lining of the COVID...
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout