FILTER SEARCH
ID: 202010B34
Created At: 24-Oct-2020 12:21 AM
फ्रान्स, पेरिसका सडक सधैं गाडीले भरिभराउ हुन्थे। कोरोना महामारी फैलिएपछि भने यो दृश्य फेरिएको छ।
फ्रान्स, पेरिसका सडक सधैं गाडीले भरिभराउ हुन्थे। कोरोना महामारी फैलिएपछि भने यो दृश्य फेरिएको छ।
अचेल बिहान ९ नबज्दै सडकमा साइकलको लश्कर हुन्छ। पहिले यिनै सडकमा गाडीको ताँती हुन्थ्यो। कसैले नयाँ साइकल आफैं किनेका छन्, कसैले घरमा थन्क्याएको साइकल निकालेका छन् त कोही 'बाइक सेयरिङ' मार्फत् चलाइरहेका छन्।
पेरिस सहरलाई सन् २०२४ सम्म साइकलमैत्री बनाउने वाचा मेयर एन हिडाल्गोले गरेकी थिइन्। कोरोना लकडाउन त्यो वाचा पूरा गर्ने अवसर बनेर आयो।
हालै पेरिसमा ६५० किलोमिटर लामो साइकल लेन बन्यो, स्ट्यान्डहरू निर्माण भए। साइकल किन्न चाहने पेरिसबासीले ५ सय युरो र पुरानो साइकल मर्मत गर्न चाहनेले ५० युरो खर्च पाउन थाले। योसँगै पेरिसमा कारभन्दा साइकल बढी देखिन थालेका फ्रान्सेली सञ्चारमाध्यमहरूले जनाएका छन्।
'साइकलको माग अहिले अत्यधिक छ,' पेरिसस्थित साइकल एसोसिएसनका प्रवक्ताले 'फ्रान्स २४' लाई भनेका छन्, 'हामी बाइसाइकलाइ-जेसनतिर जाँदैछौं।'
यो पनि पढ्नुस्ः 'यही हो साइकल सहर बनाउने अन्तिम अवसर'
राष्ट्रिय साइकल समूहका अनुसार गत वर्षको तुलनामा अहिले साइकल चलाउनेको संख्या २८ प्रतिशत बढेको छ। अहिले दैनिक चार हजार साइकल बिकिरहेको फ्रान्स-२४ ले जनाएको छ।
मान्छेहरू सार्वजनिक यातायात चढ्न नचाहने भएकाले साइकलमा आकर्षण बढेको स्थानीय साइकल व्यापारी बताउँछन्।
'पेरिस अहिले नै पूर्ण साइकल सहर भइसकेको छैन। तर मलाई लाग्छ, यही गति हो भने धेरै समय लाग्दैन,' स्थानीय साइकल व्यापारीको भनाइ उद्धृत गर्दै फ्रान्स-२४ ले लेखेको छ।
यो पनि पढ्नुस्ः बराजुको ९५ वर्ष पुरानो साइकल पसल सम्हाल्दै मेकानिकल इञ्जिनियर पनाति
पेरिसका सडकमा साइकलको बाहुल्यता बढ्दै गएका बारे सामाजिक सञ्जाल भिडिओहरू पनि सार्वजनिक भएका छन्। जेम्स स्टाफोर्ड नामका व्यक्तिले यस्तै एउटा भिडिओ पोस्ट गरेका जसमा सन् २०१२ को पेरिस सडकको भिडिओ जोडेर अर्बान थट्सले ट्विट गरेको छ।
If you think your city will never change, watch this before/after video of Paris by @Jamesdestafford pic.twitter.com/YlU3j8c9pa
— Urban Planning & Mobility (@urbanthoughts11) July 4, 2020
See More Product Images:
202005B19
लकडाउन खुल्यो भने नागरिकल...
– डा. रवीन्द्र पाण्डे, जनस्वास...
202005B20
What travel may look like...
As countries ease their corona...
202005B26
Cycling can be best optio...
Transport experts said on Tues...
202005B28
‘To Understand These Brav...
Vinod Kapri, an award winning...
© 2024 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout