FILTER SEARCH
ID: 202012B2
Created At: 02-Dec-2020 07:09 AM
काठमाडौँ: काठमाडौँ उपत्यकामा साइकल लेनको अभाव भइरहेका बेला काठमाडौँ र ललितपुर दुई ठूला महानगरपालिकाले साइकल लेनको अवधारणा कार्यान्वयनको तयारी थालेका छन् । सहरी सौन्दर्यको प्रतीकका रूपमा साइकल लेन निर्माण गर्ने योजनामा दुई महानगरपालिका जुटेका हुन् । दुवै महानगरपालिकाले उपत्यकाभित्र निर्माण...
काठमाडौँ: काठमाडौँ उपत्यकामा साइकल लेनको अभाव भइरहेका बेला काठमाडौँ र ललितपुर दुई ठूला महानगरपालिकाले साइकल लेनको अवधारणा कार्यान्वयनको तयारी थालेका छन् ।
सहरी सौन्दर्यको प्रतीकका रूपमा साइकल लेन निर्माण गर्ने योजनामा दुई महानगरपालिका जुटेका हुन् । दुवै महानगरपालिकाले उपत्यकाभित्र निर्माण भइरहेका सडकमा साइकल लेन निर्माण गर्न समेत उपत्यकाका अन्य नगरपालिकालाई आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाले माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन सञ्चालन गर्ने तयारी गरेको छ ।
हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागिएको हो । विद्यमान सडकमा साइकल लेनको डिजाइन र निर्माण नै त्रुटिपूर्ण हुँदा साइकल यात्रीलाई अवरोध सिर्जना भएको छ । साइकल लेनको सञ्चालनसम्बन्धी गुरुयोजना बनाई माइतीघर–तीनकुने साढे दुई किलोमिटर सडकमा साइकल लेन सञ्चालनको सुरुवात गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहरी सौन्दर्य कायम हुने गरी साइकल लेन निर्माणको काम अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “हालको सडकमा रहेको साइकल लेनलाई भौतिक र संरचनागत सुधारसहित साइकल लेन व्यवस्थित गरिन लागेका हाँै, साइकल लेन निर्माणले महानगरपालिकाको सहरी सौन्दर्य कायम गर्न सहयोग पुग्छ ।”
ललितपुर महानगरपालिकाले भने गोदावरीदेखि शिवपुरीसम्मको ४० किलोमिटरको लामो दूरीमा साइकल लेन निर्माण गर्ने प्रस्ताव अगाडि सारेको छ । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले गोदावरीदेखि शिवपुरीसम्म जोडिएका पालिकाको सिमानासम्म साइकल लेन निर्माण गर्ने र एक पालिकाले अर्को पालिकाको सीमासम्म साइकल लेन पु¥याउने गरी ललितपुर महानगरपालिकाले साइकल लेन निर्माण गर्न लागेको उहाँले बताउनुभयो । त्यस्तै ललिपतुर महानगरपालिकाको सिमाना जोडिएको गोदावरीसम्म महानगरपालिकाले साइकल लेन पु¥याउने र गोदावरी नगरपालिकाले त्यसलाई तानेर दक्षिण ललितपुरको सिमाना जोडिएको बोटानिकल गार्डेनसम्म पु¥याउने प्रस्ताव अगाडि सारेको प्रमुख महर्जनले बताउनुभयो ।, याे समाचार गाेरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन् ।
See More Product Images:
202007B1668
अब कà¥à¤ªà¤£à¥à¤¡...
202007B1682
Lalitpur Metropolitan Cit...
202007B1698
Kathmandu proposes its ow...
© 2026 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout
