FILTER SEARCH
ID: 202012B120
Created At: 27-Dec-2020 12:01 AM
सिदिङबाट सुरु हुने नाकै ठोकिने उकालो । उस्तै अफ्ठ्यारो छ गोरेटो बाटो । हिंड्न पनि हम्मेहम्मे पर्ने सिंढीमा साइकल बोकेका छन्् काँधमा । टाउकोमा हेल्मेट, हातमा पञ्जा अनि सँगै भिरेका छन् आ–आफ्ना झोलाहर…
शनिबार, पुस ११, २०७७
Saturday, December 26, 2020
समाचार प्रदेश
कास्कीगोरखातनहुँनवलपुरपर्वतबागलुङमनाङमुस्ताङम्याग्दीलमजुङस्याङजा
अर्थ ब्यवासय विचार/ब्लग खेलकुद कला साहित्य अन्तर्वार्ता ग्लोबल शिक्षा अन्य
जीवनशैलीराशिफलढोरपाटन विशेषमनोरञ्जनबिज्ञान/प्रबिधिबिचित्र संसारफोटो फिचरफिचरराशिफलसम्पादकीय
कोरोना
सिदिङबाट सुरु हुने नाकै ठोकिने उकालो । उस्तै अफ्ठ्यारो छ गोरेटो बाटो । हिंड्न पनि हम्मेहम्मे पर्ने सिंढीमा साइकल बोकेका छन्् काँधमा । टाउकोमा हेल्मेट, हातमा पञ्जा अनि सँगै भिरेका छन् आ–आफ्ना झोलाहरु । उचाइ बढेसँगै ह्वातै बढ्छ थकान, प्यास अनि भोक । पसिनाले निथु्रक्क रुझेको हुँदो हो ज्यान । मनमा भने उचाइसँगै नयाँ अनुभव, कौतुहलता अनि हुटहुटीको ककटेल चुलिएको छ । दाहिनेतिर आफ्नै गतिमा बगिरहेको छ मर्दी नदी, यसले मनमा केही राहत मिलेको छ । उनीहरुलाई उक्लन हतार, नदीलाई ओर्लन । सबैलाई आ–आफ्नै गन्तव्य प्यारो । दसैंको रमझम भर्खर निर्खिएको थियो । ओम अधिकारी आफ्नै घरतिर थिए, नौडाँडा कास्की । प्रायः उनी राजधानीतिर हुन्थे । पेशा उनको ट्रेकिङ अनि साइकलिङ गाइड । दस÷बाह्र वर्ष खरिएको मिठो अनुभव छ पर्यटन क्षेत्रमा उनको । हालसम्म कतिलाई नेपाल घुमाए कुनै यकिन छैन । होस् पनि कसरी ? बाह्रैमास । के सिजन के अफसिजन । पर्यटकहरुलाई घुमाइरहन्थे । सँगै घुमिरहन्थे उनी पनि नेपालका कुनाकन्दरा । कोरोना कहरपछि नेपालको पर्यटनमा प्रत्यक्ष असर देखियो । सबै पर्यटकीय गतिविधिहरु पूर्णविराम लागे । यस्तो बेलामा फरक केही अनुभव बटुल्ने रहर जाग्यो मनमा । घुम्न कै लागि पोखरा आएका थिए अर्का साइकलिस्ट समिर थापा । दुवैको योजना बन्यो, नामी मर्दी पदमार्गमा साइकलिङ गर्ने । अर्को दिन बिहानै काठमाडौंबाट फ्लाइटमा पोखरा झरे, तोरन सुनुवार । त्यही दिन हानिए । तिनै जना, तिन दिनका लागि मर्दी हिमालको काखमा । त्यो पनि साइकलमा । पहिलो दिन । पोखराबाट सुरु भयो साइकलिङ । हेम्जामा पहेलैं झुलेका धानका खेतहरु । छ्याङ्ङ खुलेको थियो आकाश । सँगै खुलेका थिए हिमालहरुसँगै साइकलेका मन पनि । माछापुच्छे«लाई पछ्याउँदै मिलनचोकबाट दायाँ लागे उनीहरु । पुग्नु पर्ने नै माछापुच्छ«ेको फेद । अझ भनौं लुटपुटिनु थियो माछापुच्छ«े कै काखमा । ‘ल्वाङ अनि घलेल गाउँ उस्तै लोभलाग्दा देखिएका थिए । घलेलको क्यानोनिङमा रमाउन रहर पलाएको थियो तर हामीलाई त्यसदिन सिदिङ पुग्नु थियो । अर्कोपटक ल्वाङ घलेल घुम्ने अभिलाषासहित हामी त्यसदिन सिदिङ पुगेका थिए,’ समीरले बताए । सिदिङसम्म छोएको छ सडकले । प्रायः पदयात्रीहरु पनि यहाँसम्म जीपमा अनि त्यसपछि पैदलयात्रा सुरु गर्छन् । यहाँबाट साइकल बोक्नुबाहेक अरु विकल्प थिएन उनीहरुलाई । अनि काँधमै बोकेर उक्ले तीनै जना । जंगलैजंगल । बाटो पुरै उकालो । दशकौं यही गोरेटो विदेशीलाई घुमाउँदै आएका ओम र तोरनलाई हरेक सिंढी अनि रुखका बुट्यानहरु नौला थिएनन् । यता समीरको भने पहिलोपल्ट मर्दी हिमाल यात्रा भएकाले कौतुहलता अनि उत्सुकता छचल्किरहन्थ्यो । हरेक चिज नौला थिए उनलाई । अनि नौलोपनमा रमाउने उनको आदत । तीन घण्टाको साइकल बोकाइपछि लो क्याम्प पुगेका थिए उनीहरु । ‘भोक र थकानले आक्रान्त परेको थियो ज्यान । दुई थाल भात बजाएपछि केही राहत मिलेको थियो । भुसुक्कै बिर्सेछु, अझै साइकल बोक्नु पर्ने उतिनै समय लाग्ने पक्का थियो । भाते ज्यानले साइकल बोक्न झन् चुनौती पो दिएको थियो’, ओम सम्झन्छन् । चौध÷पन्ध्र किलो साइकलको भारी । त्यसमाथि झोलाको तौल । उचाई उक्लेसँगै ज्यानलाई सकस हुनु नौलो थिएन । उचाइसँगै नजिकिएका हिमाल अनि मनमोहक सुन्दरताले त्यो पीडा एकै क्षणमा बिर्साइदिन्थ्यो । बिलाइजान्थे थकान, भोक अनि तिर्खा जमेका हिउँ सरी । समीरलाई भने आश थियो, पक्कै साइकल चलाउन मिल्ने बाटो लो क्याम्प माथि कतै न कतै भेटिनेछ, जुन आखिर निराशामा बदलियो । ‘सिदिङबाट बिहान साइकल बोकेर हिँडेका हामी अबेर साँझमात्र हाई क्याम्प पुगेका थियौं, साइकल बोकेरै । साइकल फ्रेन्ड्ली ट्रेल त छदैँ थिएनन् । यता बाटामा देखिने भ्युज अनि सिनारियो भने फेन्टास्टिक । नो डाउट !,’ उनी थप्छन्, ‘सुर्यास्तको समय झन् हेरिरहुँ देखिएका थिए हिमालहरु । छिनभरमै चन्द्रमा पनि उदाएको थियो । क्या फोटोजेनिक थियो मुमेन्ट । तर यतिले मात्र एक राइडर सन्तुष्टि नबन्न सक्छ । साइकल चलाउन आएको एक विदेशी साइकल बोकेरै दिन बिताउनु पर्दा खल्लो महसुस गर्न सक्छ । मर्दी त के ऊ अर्कोपल्ट फर्केरै नेपाल नआउँला ।’ तेस्रो दिन । बिहानै छ्यांङ खुलेको थियो आकाश । हिमालहरु भmन् नजिकिएका भान हुन्थ्यो । सुर्योदयको क्षण उस्तै लोभलाग्दो । बीसौं वर्ष पर्यटन क्षेत्रमा लागेका अनुभवी व्यक्ति हुन् तोरन । हाई क्याम्पबाट सुर्योदय नियाल्दै गर्दा उनले सम्झे त्यो विगत, ‘मर्दी पदमार्ग भर्खर सुरुवात भएको त्यो त्यसबेला । कहाँ अहिलेको जस्तो होटलहरु र टि हाउस थिए र ती दिनताका ? एक दुई ठाउँमा एक दुई वटा भेडी गोठ मात्र थिए । अहिलेको जस्तो सिढीको बाटा पनि थिएनन् । एक जना त हँसियाले जंगल फाँड्दै बाटो बनाउनै ठिक्क हुन्थ्यो । अहिले साइकल बोकेरै मर्दी हाई क्याम्पसम्म आउनु आफैंमा एक उपलब्धी सम्झन्छु म यसलाई ।’ मर्दी हिमाल क्षेत्र । छोटो समयमै भिन्न पहिचान बनाउन सफल नेपालकै नामी पदमार्ग । छोटो टाइम फ्रेममा हिमालको काँखमा लुटपुटिन मर्दीबाहेक अन्त कहाँ मिल्छ र ? अझ अहिलेको कोरोनाकालिन समयमा यसले मार्केट पिटेको थियो । अर्को शब्दमा मर्दी पदयात्रा ट्रेन्डिङमा थियो भनम । मर्दी हिमाल आरोहण । अनि यही आयोजना हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय म्याराथुन प्रतियोगिता होस् वा मर्दी बेस क्याम्पबाट प्याराग्लाइडिङ गरेर पोखरामा ल्यान्डिङ गर्नै साहसिक खेल । अब नयाँ साहसिक कार्य थपिएको छ, माउन्टेन बाइकिङ इन मर्दी एरिया । यसले यस क्षेत्रको पहिचान चुलिनेमा कुनै शंका देख्दैनन्, तीनै जना । तेस्रो दिन तीनै जना डाउनहिलको मज्जा लिदैँ पोखरा फर्के, लो क्याम्प, फरेष्ट क्याम्प, पोथाना अनि धम्पुसहुँदै । डाउनहिल राइडको मज्जा बेग्लै थियो । त्यस क्षणको अनुभव पस्कदै समिरले बताएँ, ‘मर्दी हिमाल क्षेत्र हेली राइडको फेबरेबल डेस्टिनेसन बन्न सक्छ । त्योभन्दा अघि साइकल रुटको अध्ययन, निमार्ण र सुरक्षाका हरेक प्यारामिटरहरु पूरा गर्नु नितान्त आवश्य देखिन्छ । हेलीमा मर्दी हाइ क्याम्प ल्यान्ड गर्ने । वान नाइट स्टे त्यहीं गर्ने अनि बिहानै सुर्योदय नियालेर डाउनहिलको मज्जा लिएर पोखरा झर्ने । यतिको बेस्ट डाउनहिल माउन्टेन बाइकिङ रुट संसारमै बिरलै भेटिएला ।’ उनीहरु नै थिए, साइकलमै मर्दी क्षेत्र पहिलोपल्ट पुगेका । यो रेकर्ड बनाउने अभिलाषा बोकेर हानिएका भने थिएनन् उनीहरु । ‘मर्दी हिमाल साइकलिङ रुटको सम्भाव्यता अध्ययन, फिजिबिलिटी स्टडी र साइकलेहरुका लागि फरक स्वाद चखाउने हेतुले पुगेका थियौं, ओम थप्छन्’, ‘मर्दी ट्रेक पर्यटन व्यवस्थापन समितिमा पदमार्ग प्रर्वद्धन र स्तरोन्नतिका लागि यस वर्ष करिब २ करोड बजेट परेको छ । पहिलो चरणमा हामीले साइकलमैत्री पदमार्ग बनाउन सुझाएका छौं । यसले साइकलिङमा केही सहजता मिल्छ । विस्तारै छुट्टै स्तरीय साइकल ट्रेल नै बनाउन पनि हामी सल्लाह दिन्छौं । यसले यस क्षेत्रको पर्यटनको दायरालाई अझ बढाउनेछ । अन्ततोगत्व यहाँ साहसिक पर्यटनको नयाँ आयाम थपिनेछ, माउन्टेन बाइकिङ ।’ साइकल पर्यटन । नेपालको वर्तमान परिपेक्षमा एक साहसिक पर्यटन । पदयात्राका लागि कुनै समय नेपालको पहिचान बेग्लै थियो । अहिले त्यो साख जोगाउनै धौ धौ छ । नाम चलेका पदमार्गहरु सबै मासिए । सडकले ती पदमार्ग विस्थापित भए । धुँवा अनि धुलोको ककटेल चाख्न बाध्य छन् पदयात्रीहरु । ‘२६ दिने अन्नपूर्ण परिक्रमा पदयात्रा (अन्नपूर्ण सर्किट) अहिले खुम्चिएर ५÷६ दिनमा झरेको छ । अन्नपूर्ण बेस क्याम्प होस् वा लाङटाङ पदयात्रा, सबै खुम्चिएका छन्,’ तोरन भन्छन्, ‘त्यसैले अब नेपालको पर्यटन भनेकै साइकल पर्यटन हो । मनाङ र मुस्ताङजस्तै डोल्पा, हुम्ला, एभरेष्ट एरिया हाइ एल्टिच्युड माउन्टेन बाइकिङका लागि नयाँ गन्तव्यहरु बन्न सक्छन् । सँगै मर्दी हिमाल क्षेत्रले साइकलेहरुलाई एक भिन्न स्वाद चखाउन सक्छ ।’ अवसरसँगै चुनौतीहरु पनि थपिएका छन् साइकलिङमा । हरेक वर्ष कैयौं पदयात्रीहरु यस क्षेत्रमा हराइरहेका छन् । एक त अव्यवस्थित पदमार्ग अनि अपर्याप्त सूचना दिने बोर्डहरु । उस्तै अजंगका भिरहरु । चिप्लिएर लडिए बाँच्ने त परको कुरा, लाससमेत भेट्न मुस्किल छ यहाँ । डाउनहिल साइकलिङ पदयात्राभन्दा कैयौं गुणा रिस्की र चुनौतीपूर्ण रहन्छ नै । सम्पूर्ण सुरक्षाका रणनीतिहरु अवलम्बन गरिनुपर्छ नै । कोरोना कहरले थिलथिल परेको नेपालको पर्यटन । केही समयमा पर्यटन सञ्चालनमा आएपनि उस्तै गति लिन अझै केही वर्षहरु पक्कै लाग्नेछ । नेगेटिभ लेबलमा पुगेको नेपालको पर्यटन उकास्न साइकल पर्यटनले पक्कै केही मद्दत पु¥याउने छ नै । कुनै दिन मर्दी हेली राइड नेपालकै एक ब्रान्ड टुरिजम प्रोडक्ट बन्नेमा तीनै जना विश्वस्त छन् । समयमै सरोकारवालाहरको ध्यान जाओस् । जय साइकल । जय पर्यटन ।।
भैरवनाथ गणको कालकोठरीदेखि सुन्दरीजलसम्मको कठोर ‘कारावास’
एपेन्डिसाइटिस के हो ? के एपेन्डिसाइटिसले ज्यान लिनसक्छ ?
संवैधानिक अदालतले जनभावनाको सम्मान गर्ला र ?
संसद विघटनले संवैधानिक द्विविधा
नारीमा अडेको छ सिंगो संसार
चन्द्रमा जस्तै चम्किला चन्द्र
बागलुङ, ११ पुस– झोलाभरि किताबकापी बोकेर शान्ति मावि पुग्ने जैमिनी नगरपालिका–१...
काठमाण्डौ, ११ पुस- पछिल्लो २४ घण्टामा मुलुकभर ५४ सय ३४ जनाको...
म्याग्दी, ११ पुस – म्याग्दीको रघुगङ्गा गाउँपालिकामा उत्पन्न १० श्यया क्षमताको...
म्याग्दी, ११ पुस- म्याग्दीका ६ स्थानीय तहमा नेपाल टेलिकमको फोरजी इन्टरनेट...
बागलुङ, ११ पुस– चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर...
मेष– पारिवारिक उच्च प्रेरणा हौसला प्राप्त हुने । वृष– सामाजिक मान सम्मानमा...
‘यदि तिमीले दुनियाँ बदल्ने आँट गरेका छौ भने, यातनाका प्रत्येक दस्तावेजमा...
बागलुङ, ११ पुस– पर्यटक आर्कषण गर्न बनाइएको नेपालकै लामो झोलुंगे पुलमा...
बागलुङ, ११ पुस– दुइ वर्षअघिनै डिपिआर बनाएको बागलुङ रंगशालाको काम अझै...
हाम्रो वातावरणमा विभिन्न प्रकारको विषाक्त पदार्थ उपस्थित छ । अनेकन प्रकारका...
पोखरा कार्यालय :
पोमनपा-८, सिर्जनाचोक, कास्की [email protected] [email protected] +977 61 528905
बागलुङ कार्यालय :
बानपा-२, ट्राफिकचोक, बागलुङ [email protected] [email protected] +977 68 520016/520383
हरिनारायण गाैतम प्रधान सम्पादक
सम्पूर्ण टिम...
Dhorpatan Daily
समाचार ढोरपाटन विशेष विचार/ब्लग सम्पादकीय ग्लोबल खेलकुद मनोरञ्जन प्रदेश भिडियो कर्नर
अन्तर्वार्ता साहित्य बिचित्र संसार विज्ञान प्रविधि अर्थ ब्यबसाय स्वास्थ्य जीवनशैली राशिफल फोटो फिचर
सूचना बिभाग द.नं. १२५८
ढोरपाटन सञ्चार प्रा.लि.द्धारा प्रकाशित ‘ढोरपाटन न्यूज’ गण्डकी प्रदेशको राजधानी पोखरा र साविक धौलागिरीको सदरमुकम बागलुङ बजारबाट सञ्चालित अनलाइन पत्रिका हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछन । यसले सार्वजानिक ब्यक्तिका जीवनशैली, कार्यशैली र आचारणमा पनि ध्यान दिन्छ । यो हाम्रा जीवनशैली, मनोरञ्जन र प्रेरणाका लागि नियमित क्रियाशिल रहनेछ । संसारका जुनकुनै स्थानमा भएपनि हजुरहरु सवै यस अनलाइन पत्रिकामा जोडिन सक्नुहुन्छ ।
© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology
See More Product Images:
202012B38
साइक्लिस्ट अर्जुन, खर्च ध...
उनले पहिलो उपाधि धरानमा आयोजित...
202012B58
Divas Gurung article
मर्दी पर्यटन छोटो समयमै गति लि...
202012B94
Nawaraj Kc cycling articl...
#मजदुर दैनिक #पुष १ २०७७(16 De...
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout