FILTER SEARCH
ID: 202101B6
Created At: 13-Jan-2021 08:03 PM
जुनेली न्युज, काठमाडौँ | ग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजनामा र गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सहयोगमा १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरी राष्ट्रिय एकता दिवसको अवसर परेर एकताको सन्देश सहित बृहत साइकल बाल र्याली गरेको छ । र्याली अारुबारी चोक बाट सुरु भएर रामहिटी, बौद्ध , जोरपाटी, गोकर्ण जगडोल हुँदै अारुबारि चोक […]
जुनेली न्युज, काठमाडौँ |
ग्राम निर्माण बन्धु मण्डल क्लबको आयोजनामा र गोकर्णेश्वर नगरपालिका वडा नं ९ को सहयोगमा १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरी राष्ट्रिय एकता दिवसको अवसर परेर एकताको सन्देश सहित बृहत साइकल बाल र्याली गरेको छ । र्याली अारुबारी चोक बाट सुरु भएर रामहिटी, बौद्ध , जोरपाटी, गोकर्ण जगडोल हुँदै अारुबारि चोक सम्म आई पुगेको थियो। ५ वर्ष देखिका बालकहरू र्यालीमा स्व स्फूर्त उपस्थिति भएका थिए।
बिहानको उद्घाटन कार्यक्रम ग्राम निर्माण बन्धु मण्डल क्लबका अधयक्ष दिपक रिसाल ज्यूले रिबन काटेर र्याली सुरु गरेका थिए। भने कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपलिका वडा नं ८ का वडा अध्यक्ष ज्यूले कार्यक्रमको प्रसंशा गरेका थिए। त्यस्तै वडा नं ९ का अध्यक्ष राजीव थापा ज्यूले सम्पूर्ण कार्यक्रमको समन्वयन गर्नु भएको थियो समापन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे ज्यूले काठमाडौं साईकिलिङ संघ, PANAC BIKE लाई सम्मान पत्र प्रदान गरेका थिए र साइकल चालक बालबालिकाहरुलाई प्रमाण पत्र समेत प्रदान गरेका थिए ।
साथै PANAC Bike ले आर्थिक विपन्न वर्गहरूको लागि १० वटा साइकल पनि प्रदान गरेको थियो। कार्यक्रममा साइकलका राष्ट्रिय खेलाडी अजय पण्डित क्षेत्रीको समेत उपस्थिति रहेको थियो। कार्यक्रम क्लबका सचिव सुमन मन सिंह बस्नेतले सञ्चालन गर्नु भएको थियो। काठमाडौं साईकीलिङ संघ सहयोगीको रुपमा रहेको थियो भने PANC bike, kathmandu सह- सहयोगीको रुपमा रहेको थियो। त्यस्तै बौद्धनाथ मन्दिर र गोकर्णेश्वर मन्दिर पनि सहयोग रहेको थियो।
See More Product Images:
© 2026 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout
