FILTER SEARCH
ID: 202102B32
Created At: 27-Feb-2021 06:06 PM
१४ फागुन, काठमाडौं । २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्दा तत्कालिन नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले घोषणापत्र लेखेका थिए, ‘महानगरलाई साइकल सिटी बनाउने कार्ययोजना तयार गरिनेछ ।’ अहिले उनी निर्वाचित भएको पनि चारवर्ष …
१४ फागुन, काठमाडौं । २०७४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्दा तत्कालिन नेकपा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले घोषणापत्र लेखेका थिए, ‘महानगरलाई साइकल सिटी बनाउने कार्ययोजना तयार गरिनेछ ।’
अहिले उनी निर्वाचित भएको पनि चारवर्ष पुग्न लाग्यो, तर उनले साइकल सिटी बनाउने कार्ययोजना ल्याउन सकेका छैनन् । बरु, भएको साइकल लेन उपयोगमा पनि चासो नदिँदा ती साइकल लेनहरु अलपत्र र प्रयोगविहीन छन ।
काठमाडौं महानगरपालिकाभित्रको माइतीघर–कोटेश्वर सडकमा साइकल लेन सञ्चालनका लागि महानगरपालिकाले २०७६ मंसिरमा डिजाइन सार्वजनिक गरेको थियो । २०७६ मंसिर २८ गते मेयर माइतीघर पुगेर साइकल चढ्दै फोटो पनि खिचाए र साइकल र साइकल लेनको महत्वबारे भाषण पनि दिए ।
त्यतिबेला महानगरको सहरी योजना आयोगले यो रुटमा साइकल लेन व्यवस्थित गर्न गत आर्थिक वर्षभित्र तीन करोड रुपैयाँ खर्चिने भनेको थियो । त्यतिबेला एक सातामा सुविधाजनक लेन बनाउन थाल्ने घोषणा गरेको महानगरले अहिलेसम्म तयारी पनि थालेको छैन ।
छिमेकी ललितपुर महानगरपालिकाले कुपन्डोलबाट जाउलाखेल, लगनखेल हुँदै मंगलबजारसम्मको सडकमा साइकल लेन बनाइसकेको छ ।
तर काठमाडौं मानगरपालिकाले भने साइकल लेनका लागि ठाउँ छुट्याइएको माइतीघर– कोटेश्वर सडकमा समेत व्यवस्थित लेन बनाउन सकेको छैन ।
साइकलयात्री भूमराज तिवारी साइकल लेन बनाउने घोषणा गरेर काम नगर्ने प्रवृत्ति शहरी यातायातका लागि चुनौती बनेको बताउँछन् । साइकललाई निरुत्साहित गर्ने र अरु यातायातका साधनको वृद्धिबाट जाम बढाउनु चिन्ताजनक भएको उनको भनाइ छ ।
वातावरण संरक्षणकर्मीले काठमाडौंमा साइकल लेन बनाउन धेरै पहिलेदेखि माग गर्दै आएका छन् । सहरमा साइकल चलाउने संस्कृति विकास गर्नु वातावरण संरक्षणको दृष्टिले महत्वपूर्ण मानिन्छ । साइकल चलाउँदा प्रदुषण कम हुने र शहरवासीमा शारीरिक व्यायामसमेत हुने वातावरण संरक्षणकर्मीहरु बताउँछन् ।
तर, छुट्टै लेन नभएका कारण काठमाडौंमा साइकल यात्रा सुरक्षित छैन । मूल सडकमा अत्यधिक सवारी साधन र ती साधनको चालकको हेपाहा प्रवृत्तिका कारण साइकल चलाउन कठिन छ ।
साइकलयात्री तिवारी स्वास्थ्य, वातावरण, शहरी जनजीवन र संस्कृतिको लागि महत्वपूर्ण साइकललाई ‘गरिबको सवारी’ मान्ने सोचाइ गलत रहेको बताउँछन् । ‘यो मानसिकता पनि हटाउन पर्यो’, उनी भन्छन्, ‘त्यसपछि सडकमा साइकल लिएर हिँड्दा सुरक्षित हुने प्रत्याभूति गराउनुपर्छ ।’
उपत्यकाका केही सडकमा मात्र लेन बनाएर साइकल संस्कृति विकास नहुने साइकलयात्री बाबुराजा रोकाय बताउँछन् । जहाँबाट पनि साइकलमा हिँड्न सक्नेगरी शहरभरि लेन बनाउनुपर्ने बताउँदै उनी भन्छन्, ‘नत्र, वातावरणमा सुधार आउनेगरी साइकल चल्दैन ।’
तर काठमाडौं महानगरपालिकाको यस्तो योजना छैन । सबै क्षेत्रमा साइकल लेन सम्भव नहुने भन्दै महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्, ‘बानेश्वर क्षेत्रमा साइकल लेन बनाउन सडक विभागसँग स्वीकृति मागिएको छ, ढिलोचाँडो त्यो काम हुन्छ ।’
भएकै लेनको दुर्गति
७ वर्षअघि काटेश्वर–माइतीघर खण्ड फराकिलो बनाउँदा नै साइकल लेनका लागि ठाउँ छुट्याइएको थियो । तर संकेत चिह्न नराखी टायल बिछ्याएर साइकल लेनलाई पनि फुटपाथजस्तै बनाइएको छ ।
सुरुमा साइकल लेनमा रातो र फुटपाथमा सादा टायल बिछ्याएकोमा खानेपानीको पाइप गाड्दा ती टायल उप्काइयो र पछि राख्दा छ्यासमिस बनाइएको छ । अहिले साइक्ल यात्रीले नै साइकल लेन चिन्न नसक्ने अवस्था छ ।
यही लेनलाई व्यवस्थित गरेर चलाउने योजना बनाएको काठमाडौं महानगरपालिका अहिले यो काम त्यति सहज नभएको निष्कर्षमा पुगेको छ ।
व्यवस्थापन शून्य
माइतीघर–कोटेश्वर सडकको साइकल लेन पनि आपसमा जोडिएको छैन । चोकहरूमा साइकल लेन सकिएर सडक भेट्नुअघि नै रेलिङ लगाइएको छ । कतिपय स्थानमा साइकल चलाउन नमिल्ने गरी लेन साँघुरो छ । फुटपाथमा प्रतीक्षालय र फलामे कुर्ची राखिएकाले यात्रुहरु साइकल लेनबाटै हिँड्ने गरेका छन् ।
फुटपाथ र साइकल लेन बीचमा रोपिएका विरुवा झाँगिएका छन् । तिनलाई काँटछाँट गरेर फुटपाथ र साइकल लेन छुट्याइएको छैन । कतिपय ठाउँमा फुटपाथ र साइकल लेनमा व्यापारीहरुले सामान फिजाउँछन् । चटपटे, पानीपुरी, फलफूल बेच्नेहरू पनि साइकल लेनमै सामान राखेर बस्छन् ।
घर बनाउनेहरुले पनि निर्माण सामग्री साइकल लेनमै थुपार्छन् । कतै साइकल लेनको टायल उप्किसकेको छ, बानेश्वरमा बन्दै गरेको आकाशे पुलका खम्बा साइकल लेनमै असरल्ल छाडिएको छ । सडक विभागले ठाउँ र दूरी संकेत गर्ने बोर्ड पनि साइकल लेनमै राखेको छ ।
साइकल लेनमा पार्किङ
माइतीघरदेखि कोटेश्वरसम्म नै फुटपाथमा लहरै मोटरसाइकल पार्किङ गरिन्छ । सरकारी कार्यालय, अस्पताल, होटल, बैंक, व्यापारिक कम्प्लेक्स अगाडिका फटुपाथ र साइकल लेन मोटरसाइकलले भरिएको हुन्छ ।
साइकल लेन र फुटपाथ पार्किङले भरिने हुनाले यात्रुले सडकमै झरेर हिँड्नुपर्छ । साइकल लेन र फुटपाथ यसरी मासिइरहँदा पनि जिम्मेवार निकाय रमिते बनेका छन् ।
See More Product Images:
202005B6
About 4,000 containers st...
202007B1584
बà¥à¤Ÿà¤µà¤²à¤•ा य...
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout