FILTER SEARCH
ID: 2112B267
Created At: 26-Dec-2021 01:32 AM
ईच्छा हुनेले हेर्नु होला। सकारात्मक कमेन्ट स्वागत छ। बकम्फुसे कमेन्ट नगर्नु होला। भरतपुर चितवनमा यहि पौष २, ३, ४ गते भएको छैठौं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रका...
ईच्छा हुनेले हेर्नु होला। सकारात्मक कमेन्ट स्वागत छ। बकम्फुसे कमेन्ट नगर्नु होला।
भरतपुर चितवनमा यहि पौष २, ३, ४ गते भएको छैठौं अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रका अनुसन्धानकर्ता भाईहरुले आफुले निकै नै दिमाग लगाएर र परीश्रम गरेर बनाएको निम्न १० ओटा सामानहरु राखेको थिए। यी सब उनीहरु कै सम्पत्ति हो । ति सामानहरुको विवरण फोटो सहित तल दिईएकोछ। थप विवरण चाहिएमा 9841592361 मा फोन/भाइबर/WhatsApp गर्नु होला।
१. कफीको दाना भुट्ने मशीन (Coffee Bean Roaster) मुल्य - १० केजी क्षमताको १४ लाख रुपैंया ३ वटा बिक्री भै सक्यो । २ वटाको अर्डर आएको छ । बनाउने टोली नेता – राजेश लिम्बु
२. ३०० वटा कुखुराको अण्डा बाट चल्ला निकाल्ने ईन्कुबेटर मशीन (Egg Incubator) मुल्य - रु ४५ हजार ५ वटाको अर्डर आई सक्यो । बनाउने टोली नेता – सम्राट गौतम
३. अस्पतालमा भर्खरै जन्मेको बच्चालाई तातो बनाउने न्यानो नानी (Baby Warmer) मूल्य - रु. ८५ हजार अहिले सम्म १८ वटा बिक्री भैसक्यो र २५ वटाको अर्डर आएको छ । बनाउने टोली नेता – महिप के.सी
४. बदाम, मकै, कोदो, भटमास जस्ता गेडागुडी भुट्ने मशीन (Multi Grain Roaster) मुल्य - रु. ४५,००० (मोटामोटी) यस्तो ८ वटा मशीनको अर्डर आएको छ । बनाउने टोली नेता – रितेश देव
५. बिजुली बाट नान रोटी बनाउने भट्टी (Nan Bread Making Oven) बनेर परीक्षण हुँदैछ । मुल्य- रु. ४२ हजार (मोटामोटी) अहिले सम्म ५५ वटाको अर्डर आई सक्यो । बनाउने टोली नेता – रितेश देव
६. किसानहरुले तरकारी उत्पादन गरे पछि तुरुन्त बजार मा गएन भने एक दुइ हप्ता सम्म तरकारी सुरक्षित राख्ने बाकस सब्जी कोठी । तरकारी बेच्ने पसलेहरुले पनि प्रयोग गर्न मिल्छ । मुल्य - रु. ४८ हजार (२० वटा क्यारेट जाने) अहिले सम्म ४ वटा गइ सकेको छ र ५ वटा को अर्डर आएको छ । बनाउने टोली नेता – गौरब दास
७. साग सब्जी, फलफुल र बिभिन्न खाने कुराहरु दिउँसो घाम र बेलुकी बिजुली बाट सुकाउने सोलर ड्राईर (Hybrid Solar Drier) मुल्य - रु. २ लाख २५ हजार (१०० बर्ग फुट को) र रु. ८० हजार (४० बर्ग फुट को) अहिले सम्म ४ वटा बिक्री भयो र ७ वटाको अर्डर आएको छ । बनाउने टोली नेता – सागर ज्ञवाली
८. चिया टिपे पछि पत्ती सुकाउने मशीन (Tea Leaf Drier) अहिले लाई ग्यास बाट चल्ने बनाईएको छ र पछि बिजुली बाट चल्ने पनि बनाउन सकिनेछ । मूल्य – रु. २ लाख पर्ने अनुमान छ। यो पहिलो मशीन हो र यसमा अझै सुधार गर्नु पर्ने देखिएको छ । बनाउने टोली नेता – राजेश लिम्बु
९. दुर्गम गाउँहरुमा औषधी पुर्याउने मेडिकल ड्रोन (Medical Drone) र खेत बारीमा औषधी छर्ने ड्रोन (Agriculture Drone) यसको बिभिन्न मोडलहरु बनेका छन् र तिनीहरुको परीक्षण हुँदैछ । कोरोनाको महामारीले गर्दा यसको परीक्षण गर्ने र बिकास गर्ने काममा ढिलो भएको हो । यसको मुल्य अहिले नै निकालिएको छैन तर विदेश बाट ल्याएको ड्रोन भन्दा निकै सस्तो पक्कै हुन्छ । बनाउने टोली नेता – दिपेन्द्र बस्नेत
१०. बिभिन्न पूर्वाधार निर्माणको काम गर्दा फलामको रड काट्ने, बंग्याउने काममा प्रयोग हुने बिजुलीको मोटर बाट चल्ने मशीन (Metal Rod Bender and Cutter) मुल्य – रु. ८५ हजार (मोटामोटी) बनाउने टोली नेता – भिमबहादुर सुनार ------------------------------------------- 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
See More Product Images:
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout