FILTER SEARCH
ID: 2203B13
Created At: 18-Mar-2022 08:48 PM
लिगलिगकोटको ऐतिहासिक र मौलिक संस्कृति जगेर्ना साथै वातावरण संरक्षणको सन्देश दिन पालुङटार नगरपालिकास्थित लिगलिगकोटमा साइकल दौड प्रतियोगिता भएको छ । दोस्रो संस्करणको प्रतियोगितामा ६४ जना साइकल यात्रीले भाग लिएका थिए । ६ विधामा सम्पन्न प्रतियोगिता अन्तर्गत खुल्लातर्फ निर्धारीत ५३ किलोमिटर दूरी २ घण्टा २५ मिनेट ४८ सेकेण्डमा पार गर्दै एपीएफका सुरज राना पहिलो बने ।
काठमाडौँ — चीनको सांघाईमा हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गरी ५ जना विद्यार्थी सहभागी हुँदैछन् । असार १२ देखि १७ गतेसम्म हुने इकोनोमिक्स ओलम्पियाडमा रातो बंगलाका आदित सुवेदी, न्यू होराइजन इङलिस बोर्डिङ स्कुलका विशाल पन्थी, लिटल एन्जेलस्का अनिमेश र आशिष श्रेष्ठ, एलएसी ए लेभलका अंकित सुवेदीले नेपालको प्रतिनिधित्व गर्दै छन् ।
इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्ने ५ विद्यार्थी (बसेकाहरु) ।
नेपाल इकोनोमिक्स ओलम्पियाड (एनइओ)का अनुसार सेप्टेम्बरमा हुने अर्को ‘वर्ल्ड इकोनोमिक्स कप–२०२२’ मा भने ६ जना सहभागी हुँदैछन् । सेन्ट जेभिएर कलेज माइतीघरका आर्जनमणि कँडेल, विश्व आदर्श कलेजका सागर भट्टराई, बुढानिलकण्ठ विद्यालयकी जिया पोखरेल, सेन्ट जेभिएर कलेजका चैतन्यराज शाह, ग्लोबल कलेज अफ म्यानेजमेन्टका प्रज्वलविक्रम थापा, ग्लोबल कलेज इन्टरनेसनलका रोयल कटुवाल सहभागी हुँदैछन् ।
एनईओले क्षेत्रीय, राष्ट्रिय प्रतिस्पर्धाबाट वर्ल्ड इकोनोमिक्स कप र अन्तर्राष्ट्रिय ओलम्पियाडको लागि ११ जना विद्यार्थी छनोट गर्छ । पहिलो चरणमा क्षेत्रीय प्रतिस्पर्धामा सहभागी हुन नाम दर्ता गरिन्छ । नाम दर्तापछि अर्थशास्त्र, वित्तीय र वाणिज्य तथा व्यापारमा रुची राख्ने विद्यार्थीलाई परीक्षा मार्फत क्षेत्रीय प्रतिस्पर्धा गरिन्छ । ती परीक्षाबाट राष्ट्रिय प्रतिस्पर्धाको लागि ७५ जना विद्यार्थी छनोट हुन्छन् र त्यसैबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि ११ जना छनोट हुने हुन् ।
सन् २०२२ को लागि गत पुस २४ गते सातै प्रदेशमा क्षेत्रीय प्रतिस्पर्धा गराइएको थियो । उच्च शिक्षा अध्ययनरत सातै प्रदेशका ११० विद्यालयबाट ७ सय ८९ विद्यार्थीले क्षेत्रीय प्रतिस्पर्धाका लागि आवेदन दिएका थिए । आवेदन दिएका मध्ये ५ सय १३ जना विद्यार्थी मात्र क्षेत्रीय प्रतिस्पर्धामा सहभागी भएका थिए । अर्थशास्त्र, वित्तीय र वाणिज्य तथा व्यापारमा आधारित रही देशभर १० वटा परीक्षा केन्द्रमार्फत परीक्षा लिई राष्ट्रिय प्रतिस्पर्धाको लागि ७५ जना छनोट गरिएको थियो ।
छनोट गरिएका विद्यार्थीलाई एकै ठाउँमा राखेर डेढ महिना अर्थशास्त्र, बिजनेस केस एनालाइसिस र वित्तीय साक्षरतामा आधारित मेन्टरसिप दिइन्छ । यो मेन्टरसिपबाट विद्यार्थीलाई राष्ट्रिय प्रतिस्पर्धाको लागि तयार गरिन्छ । राष्ट्रिय प्रतिस्पर्धा फागुन २८ देखि चैत १ गतेसम्म काठमाडौं कलेज अफ म्यानेजमेन्टमा भएको थियो । प्रतिस्पर्धामा अर्थशास्त्र, बिजनेस केस एनालाइसिस गरी दुई विधामा परीक्षा हुन्छ भने वित्तीय साक्षरतामा खेल हुने एनईओका अध्यक्ष अर्जुन सापकोटाले बताए ।
अर्थशास्त्रमा यसका सिद्धान्तहरु व्यवहारिक जीवनमा कहाँ/कहिले प्रयोग र उपयोगी हुन्छ भन्ने विषयमा प्रतिस्पर्धा गराइन्छ । अर्थशास्त्रका सिद्धान्त र व्यवहारिक जीवनमा प्रयोग हुने खाली ठाउँलाई भर्ने उद्देश्य हो । त्यसपछि विद्यार्थीहरु हरेक कुरा अर्थशास्त्रको अवधारणबाट सोच्न बाध्य हुन्छन् ।
‘बिजनेस केस एनालाइसिस’ मा एउट ‘केस’ दिइन्छ । उदाहरणका लागि– कुनै कम्पनी खोल्न लागेका छन् भने अर्थशास्त्रको अवधारणबाट त्यो ठिक छ/छैन, कस्तो छ भनी विद्यार्थीले परामर्शदाताको रुपमा काम गर्छन् । विद्यार्थीलाई समस्यासँग जुध्ने र समस्या पहिल्याउने क्षमताको अभिवृद्धि गराउन यो प्रतिस्पर्धा गराइन्छ । सुरुवातमा ७५ जना विद्यार्थीलाई १५ वटा समूहमा छुट्याइन्छ । उत्कृष्ट हुनेलाई फेरि ५ वटा समूहमा बाँडिन्छ । त्यसमध्येबाट उत्कृष्ट हुने ३ वटा समूहलाई अन्तिम प्रतिस्पर्धाको छनोट गरिन्छ । राष्ट्रिय प्रतिस्पर्धामा प्रथम हुनेलाई स्वर्ण, दोस्रोलाई रजत, तेस्रोलाई कास्य मेडल दिइन्छ ।
यो वर्षदेखि वित्तीय साक्षरता खेल पनि खेलाउन सुरु गरिएको एनइओका प्रतियोगिता प्रमुख (कम्पिटिसन हेड) जीवन महर्जनले बताए । ‘यो कम्प्युटरमा आधारित खेल हो । पहिलो दुई वर्षमा खेलाउन नसकिए पनि यो वर्ष प्रस्तुत गरिएको हो,’ उनले भने, ‘फरक–फरक स्वभावका पात्र कम्प्युटरमा ‘प्रि–सेट’ हुन्छ । यो खेलमा १० वर्षको उमेरबाट वित्तीय योजना कसरी गर्छन् भनेर नमुनाकरण गरिन्छ ।’ यो खेल मार्फत जोखिम बहन क्षमता र वित्तीय साक्षरता अभिवृद्धि गराइने उनले बताए ।
एनईओमार्फत यस वर्ष उच्च शिक्षा अध्ययनरत नेपालका ५ जना विद्यार्थीले ‘वर्ल्ड इकोनोमिक्स कप–२०२१’ मा महत्वपूर्ण उपलब्धी हासिल गरेका थिए । व्यक्तिगततर्फ ३ जनाले रजत र २ जनाले कास्य पदक पाएका थिए । सामुहिकतर्फ नेपालको नवौं स्थान थियो ।
इन्टरनेसनल इकोनोमिक ओलम्पियाड उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि अर्थशास्त्रसँग सम्बन्धित विषयमा प्रतिस्पर्धा गराउने अभियान हो । सन् २००७ का नोबेल पुरस्कार विजेता एरिक मस्किनले सुरु गरेको यो अभियानले हरेक वर्ष विश्वभरबाट विद्यार्थी सहभागी गराएर प्रतिस्पर्धा गराउँदै आएको छ । उत्कृष्ट सहभागीले स्वर्ण, रजत र कास्य पदक पाउँछन् भने अर्थशास्त्रसम्बन्धी आफ्ना नयाँ सोच तथा सिद्धान्तहरुलाई विद्यार्थीले प्रतिष्ठित शैक्षिक संस्थामा प्रस्तुत गर्ने मौका समेत पाउँछन् । वर्ल्ड इकोनोमिक कपमा विद्यार्थीहरुलाई सहभागी गराउन लागि नेपाल इकोनोमिक्स ओलम्पियाडले भूमिका खेल्दै आएको छ । यो इन्टरनेसनल इकोनोमिक ओलम्पियाडको नेपाल प्रतिनिधि हो । अर्थशास्त्र, वित्त, र व्यवसायको क्षेत्रमा असाधारण प्रतिभाशाली विद्यार्थीहरुको खोजी गर्दै उनीहरुलाई उज्वल भविष्यतर्फ मार्ग प्रशस्त गर्न प्रोत्साहन र प्रेरित गर्ने उद्देश्य रहेको सापकोटाले बताए ।
प्रकाशित : चैत्र ४, २०७८ १९:१३
See More Product Images:
202007B1614
THE BICYCLE DIARIES...
2201B2
Cycling lessons from Cope...
There is a lot for Kathmandu t...
2201B13
Build Cities for Bikes, B...
San Francisco's MTA boss Jeff...
2201B121
Riding into the future: A...
Despite conservative attitudes...
© 2026 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout
