FILTER SEARCH
ID: 2204B12
Created At: 09-Apr-2022 03:13 PM
अध्यक्ष दाहालले आज बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गरेका हुन्। प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताए। इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन्।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन्।प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको चर्चा गरेका हुन्।
यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने, 'देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ। पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ।' खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै छ उनले सहभागी सबैलाई शुभकामना व्यक्त गरे।
अध्यक्ष दाहालले आज बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गरेका हुन्। प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताए। इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन्।
प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्षमाथिको विधामा रु २५ हजार, ५० वर्षमाथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला तथा पुरुषलाई रु २०/२० हजारका दरले पुरस्कार रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा १०औँस्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ। भरतपुर महानगरमा निर्माणाधीन रिङ्रोडसहित सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पुर्याउने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ थियो।
करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी पार गर्नुपर्ने व्यवस्था गरिएको छ। नारायणी नदी तिरबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्यालीसहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ ।क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विजेता खेलाडीलाई नगदपुरस्कारसहित, पदक तथा प्रमाणपत्र वितरण गरिनेछ र विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा काठमाडौँसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफको समेत सहभागिता रहेको छ। अध्यक्ष प्रचण्डको छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन पछि उनीहरुको स्मृतिमा प्रतिष्ठान बनाइएको महानगर प्रमुख रेनु दाहालले बताइन्।
शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएकोसमेत उनको भनाइ थियो। भरतपुरको रिङरोड अहिले ६६ किमी रहे पनि चाँडै ८८ किमी रिङरोडमा म्याराथन हुने महानगर प्रमुख दाहालले बताए। खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उनको भनाइ थियो। रासस
Follow @nagarik_news
प्रकाशित: २६ चैत्र २०७८ १०:३३ शनिबार
See More Product Images:
202007B1614
THE BICYCLE DIARIES...
2201B2
Cycling lessons from Cope...
There is a lot for Kathmandu t...
2201B13
Build Cities for Bikes, B...
San Francisco's MTA boss Jeff...
2201B121
Riding into the future: A...
Despite conservative attitudes...
© 2026 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout
