FILTER SEARCH
ID: 2204B15
Created At: 10-Apr-2022 04:06 AM
चितवन/चितवनमा पहिलोपटक प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा…
चितवन/चितवनमा पहिलोपटक प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । प्रज्ञा प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो ।
पुरुष इलिटतर्फ ६५ किलोमिटरको दुरी १ घण्टा ५६ मिनेट २० सिकेण्डमा पार गर्दै काठमाडौंका सुरज राना मगर प्रथम भए । उनले नगद ४५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे । यस्तै १ घण्टा ५६ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै त्रिभुवन आर्मी क्लवका हिमाल टमाटा दोस्रो भए । उनले नगद ३५ हजार रुपैयाँ, मेडल र प्रमाण पत्र प्राप्त गरे । १ घण्टा ५६ मिनेट ४० सेकेण्डमा दुरी पार गर्दै गण्डकीका हिकमत वि.क तृतीय भए । उनले ३० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरि महिला इलिटतर्फ २ घण्टा ३ मिनेट ५६ सेकेण्डमा दुरी पार गर्दै त्रिभुवन आर्मी क्लवकी उषा खनाल प्रथम, १ सेकेण्डले पछि पर्दै नुवाकोटकी लक्ष्मी मगर द्धितीय र २ घण्टा १२ मिनेट १५ सेकेण्डमा दुरी पार गर्दै धादिङकी सोनी गुरुङ तृतीय भए । उनीहरुले पनि क्रमशः ४०, ३५ र ३० हजार रुपैयाँ नगद, मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यसैगरि पुरुष मास्टर्स ३० प्लस विधामा त्रिभुवन आर्मी क्लवका प्रेमसिंह मन्याल प्रथम, आर्मीकै दिपेश चौधरी द्धितीय र सिन्धुपाल्चोकका हर्क लामा तृतीय भए । उनीहरुले क्रमशः २५, २० र १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
ग्राण्ड मास्र्टस पुरुषतर्फ नेदरल्याण्ड्सका जोन बेन्टिक प्रथम, काठमाडौका भाइराजा महर्जन द्धितीय र काठमाडौंकै ज्ञानेन्द्र स्थापित तृतीय भए । उनीहरुले क्रमशः २०, १५ र १० हजार रुपैयाँ प्राप्त गरे । त्यसैगरि चितवन विशेष पुरुषतर्फ सन्दीप श्रेष्ठ प्रथम, प्रमित थापा द्धितीय र रोनिश कर्मचार्य तृतीय भए । उनीहरुले क्रमशः २०, १५ र १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
चितवन विशेष महिलातर्फ मेरिना मगर प्रथम र सुधा तिमिल्सिना द्धितीय भए । उनीहरुले २० हजार र १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । विजेताहरुलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पुरस्कार प्रदान गरेका थिए ।
See More Product Images:
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout