FILTER SEARCH
ID: 2204B18
Created At: 16-Apr-2022 03:05 AM
wikinhow is a trusted blog providing you a how-to content of everything.Search for how-to ,tech related news,health related news,tips and life hacks
रूपेश आचार्य १ बैशाख २०७९, बिहीबार १६:३२
सयौं वर्षदेखि राजधानीको असनमा साइकल बिक्रिबाटै सम्पूर्ण जिविका गर्दै आएको परिवारका चौथो पुस्ता हुनुहुन्छ तिरेक मानन्धर मानन्धर । अहिले प्लांक बाइकको नामबाट चिनिने उहाँको पसल सम्भवतः देशकै पुरानो साइकल पसल पंच अष्टनारायण साइकल पसलको ब्राण्ड नाम हो ।
यही नाम अब देशमै पहिलो पटक साइकल सेयरिङ सुरुवात कर्तासमेत बन्न पुगेको छ । नयाँ वर्ष २०७९ कै दिन कीर्तिपुरबाट दिरेकको अगुवाइमा सुरु भएको यो अभियानले कीर्तिपुरबाट राजधानीका अन्य क्षेत्रमा जाने वा राजधानीबाट कीर्तिपुर आएर त्यहाँका पर्यटनस्थल भ्रमण गर्ने जो कोहीलाई पनि भाडामा लिए भन्दा सस्तोमा साइकल उपलब्ध गराउँछ । कीर्तिपुर नगरपालिका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का र वडा अध्यक्षहरु न्हुछेबहादुर महर्जन र अमन महर्जनसहित सुरु भएको यो अभियानलाई स्थानीय चुनावपछि ललितपुर हुँदै उपत्यका भर विस्तार गर्ने योजना उनीहरुको छ ।
यसले जो कोहीले पनि चाहेको ठाउँबाट साइकल लिने, चाहेको ठाउँसम्म चलाउने र काम सकिएपछि पायक पर्ने स्टेसनमा छोडेर जान सक्ने अवसर दिन्छ । कम्प्युटर सफ्टवेयरबाट सञ्चालन हुने साइकल सेयरिङ नेटवर्कले ‘जहाँबाट पनि साइकल लिन सकिने र जहाँ पनि छोडन सकिने’ सुविधा दिने भनाई तिरेकको छ ।
‘ पेट्रोलको बढदो मुल्य, प्रदुषणको कुरा र शारीरिक अभ्यास हुने भन्दै साइकल सवारीको प्रशंसा प्रायः सबैले गर्छन् तर ति मध्ये धेरैले साइकल चढदैनन् । त्यसको एउटा कारण साइकललाई कहाँ राख्ने भन्ने समस्या पनि हो’, उहाँको भनाई छ । त्यसैले विभिन्न स्थानमा साइकल स्टेसन बनाउने सोच उहाँहरुको छ । यि स्टेसनबाट साइकल भाडामा लिन र सेयरिङ दुवै गर्न सकिनेछ । भाडामा लिँदा आफूले प्रयोग गरेको समय अनुसार रकम दिनुपर्छ र त्यो साइकललाई स्टेसन नभएका स्थान जहाँ पनि लैजान सकिन्छ र फेरि लगेकै स्थानमा ल्याएर छोडिदिनुपर्छ ।
तर सेयरिङमा साइकल लिँदा भने कार्यालय, घर वा आफूले तय गरेका छोटा गन्तव्य सम्म साइकल लैजाने, पुगेपछि सो गन्तव्यमा रहेको स्टेसनमा छोडेपछि त्यहाँसम्म सम्मको मात्र शुल्क दिए पुग्छ । आफूले छोडे पछि त्यो साइकल अरु कसैले प्रयोग गर्छ र आफूलाई फेरि चाहियो भने सोही स्टेसन वा अरु कुनै स्टेसनमा गएर अर्को साइकल लिन सकिन्छ । ‘कसैलाई कीर्तिपुरबाट काठमाडौंमा काममा जानु पर्यो र केही समय काम गरेर फेरि भक्तपुर जानु छ र त्यहाँ पनि केह िकाम गरेर पछि नगरकोट जानुछ भने उसले अलग अलग स्टेसनबाट आफूले चाहेको बेला साइकल लिएर गन्तव्यसम्म पुग्न सक्छ’, उहाँ उदाहरण दिनुहुन्छ ।
यसो गर्दा प्रयोगकर्ताले आफूले चाहेको प्रकारको साइकल पाउने पनि दिरेक बताउनुहुन्छ । धेरै उकालो भएको स्थानमा जाने प्रयोगकर्ताले विद्युत्तीय साइकल पनि प्रयोग गर्न सक्छन् । प्रदुषण र पेट्रोल खपतलाई लाई घटाउने हो भने काठमाडौं उपत्यकालाई साइकल सिटी बनाउनुको कुनै विकल्प नरहेको भनाइ पनि उहाँको छ । साइकल सेयरिङ लाई अबको छ महिनासम्म परीक्षणको रुपमा लागू गर्ने र त्यसबाट प्राप्त अनुभव र तथ्यको आधारमा सप्ःटवेयर मार्पत पुर्णरुपमा लागू गर्ने जानकारी पनि उहाँले दिनुभयो । साइकल सेरियङका लागि प्रति पाँच किलोमिटर एक स्टेसन चाहिन्छ । विदेशमा जस्तो जुनसुकै स्थानमा छोडे पनि हुने अवस्था नभएकोले स्थानीय निकाय, होटल रेष्टुराँ आदिमा स्टेसन कायम गरी सेवा सञ्चालन गरिने भनाई उहाँका छ ।
सेवा सञ्चालनमा साइकलको सुरक्षा मुख्य चुनौति हो भने सबैले साइकललाई राम्ररी चलाउन जान्दैनन् । साइकल सेरियङ नयाँ अवधारणा भएकोले बुझन समय लाग्ने पक्ष पनि एउटा चुनौति रहेको उहाँ बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस ! सम्बन्धित खबरहरु
वैशाख १९,पर्सा। छाता नै छाताले भरिदै गएको छ पर्सागढ़ी नगरपालिका। स्थानीय तह निर्वाचन नजिकिदै गर्दा विभिन्न पार्टीहरु बीच कडा प्रतिष्पर्धा
वैशाख १८,पर्सा। उम्मेदवारीमा गरिएको गठ्बन्धन पछि अब गठ्बंधन टोली घरदैलो गर्न पनि गठ्बंधन मै भ्याएका छन्। स्थानीय तह निर्वाचन २०७९
जसपाको सम्पर्क कार्यालय उद्धघाटन
वैशाख १७,पर्सा। जनता समाजवादी पार्टी नेपाल,पर्साले चुनावी सम्पर्क कार्यालयको उद्धघाटन सम्पन्न गरेको छ। स्थानीय तह निर्वाचन २०७९ नजिकिदै गर्दा चुनावी
पर्सामा जसपाको घरदैलोको रौनक (फोटोफ़िचर)
वैशाख १५,पर्सा। पर्सामा जसपाको घरदैलो कार्यक्रमको रौनक छाएको छ। वैशाख ३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी
See More Product Images:
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout