FILTER SEARCH
ID: 202009B26
Created At: 03-Sep-2020 02:41 AM
Meanwhile, 22-year-old Bikash Pokharel of Dhading is now trying to bring remittances into the country through remote work by establishing link between national and international employers and competent Nepali labor force.
सोमबार, भाद्र १५, २०७७ १८:०६
काठमाडौं । विदेशमा नेपाली दाजुभाइ सबै श्रमिकका रूपमा मात्रै गएका छैनन् । बौद्धिक र प्राविधिक काममा पनि विदेश जाने प्रवृत्ति बढ्दाे छ । यस्ता जनशक्ति नेपालमै बसेर विदेशका काम गर्न सामर्थ्य राख्छन् ।
कम्प्युट र ईन्टरनेटमार्फत विदेशी कम्पनीहरुको काम आफ्नै परिवारसँग बसेर गर्न कसलाई रहर नहाेला र ? स्वदेशमै बसी काम गर्दा देशको अर्थतन्त्र पनि मजबूत हुने थियो ।
कोभिड १९ को महामारीबीच जारी लामो लकडाउन र निषेधाज्ञाले भने घरमै बसी काम गर्ने संस्कृतिकाे अभ्यास भइरहेकाे छ ।
त्यसो त धेरै नेपालीहरुले देशमै बसेर अन्तरार्ष्ट्रिय कम्पनीहरुको आउटसोर्स जब पनि गर्दै आइरहेका छन् । अन्तराष्ट्रिय अपवर्क फ्रिल्यान्स प्लेटफर्मले यस्ता अवसरहरु पनि प्रदान गर्दै आइरहेका छन् ।
तर नेपाली कामदारलाई लिएर अन्तराष्ट्रिय प्लेटफर्महरुले खासै आदर गरेकाे पाइँदैन । तर कोभिडले रिमोट वर्कको गति र सम्भावनाको दुविधाबाट पर्दा उठायो । र, सम्भावना बढाउँदै नेपाली युवाहरूलाई पनि प्राेत्साहन गर्ने अवस्था सिर्जना गरेकाे छ ।
यसैबीच राष्ट्रिय तथा अन्तराष्ट्रिय रोजगारदाता कम्पनी र सक्षम नेपाली श्रम शक्तिबीच सम्पर्क स्थापित गराएर रिमोट वर्कमार्फत देशमा रेमिट्यान्स भित्र्याउन अहिले धादिङका २२ वर्षीय विकास पोखरेल लागि परेका छन् ।
यही वृहत् उद्देश्य लिएर विकासले आफ्नो स्टार्टअप कम्पनी अनलाईन कामको वेबसाइट सार्वजनिक गरिसकेका छन् । उच्च माध्यमिक शिक्षा उत्तीर्ण गरी स्नातक तहको पढाइलाई थाँती राखेर विगत चार/पाँच वर्षदेखि प्रविधि क्षेत्रका विभिन्न कम्पनीहरुमा विकासले काम गरे ।
अनलाईन कामका संस्थापक विकास पाेखरेल
उनको काम प्राय: मार्केटिङको हुन्थ्याे । तर उनको उत्सुकता र जिज्ञासाले त्यही बेला प्रविधिकाे साेच विकास भयाे । यसैबीच २०१८ मा आइपुग्दा आफूले बटुलेका साेचलाई आफैं उद्यमी बनेर किन कार्यान्वयन नगर्ने भन्ने उत्कट चाहाना विकासको मनमा पलायो ।
त्यो बेला नेपालमा ‘वर्क फ्रम होम’को अभ्यास, अनुभव र बजार केही पनि थिएन । उनले भने यसको भविष्य छ भन्ने बुझेर अनलाईन काम डटकम नामकाे डोमेन किनेर राखे । त्यो साेचलाई विस्तारै मलजल गरे ।
सन् २०२० को सुरुतिर विश्व कोरोना भाइरसको महामारीको जगडमा पर्यो । विश्व लकडाउनभित्र कैद भयो । यसबीच सबैले रिमोट वर्किङको अभ्यास गरे । यो सफल पनि भइरहेकाे छ । यही क्रममा विकासको साेचले पनि फल्ने-फुल्ने अनुकूल वातावरण पायो । साेच अझ ब्यापक बनेर आयो ।
चार वर्षअघि उनले चार/पाँचजना अमेरिकामा बस्ने नेपाली विद्यार्थीहरुलाई डिजिटल मार्केटिङ सिकाइरहेको थिए । त्यस बेलाका केही विद्यार्थीहरुले पनि विकासको यो साेचमा लगानी गर्ने इच्छा देखाए ।
उनीहरुले नै आठलाख रुपैयाँको सिड फण्डिङ उपलब्ध गराए । अहिले विकासको अनलाईन काम टिमले राजधानीकाे सोल्टीमोडमा सपोर्ट अफिस पनि सेटअप गरिसकेको छ । केही हप्ताअघि विकास र उनको टिमले अनलाईन काम वेबसाइट पनि सार्वजनिक गरेकाे छ ।
विभिन्न किसिमका सीप भएका व्यक्तिहरु जसले कम्प्युटर तथा ईन्टरनेटको सहायतामा काम गर्न सक्छन् भने अनलाईन कामले त्यस्ता व्यक्तिहरुका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय अवसरहरु जुटाइदिन्छ ।
यसमा प्राविधिक तथा गैरप्राविधिक सबै किसिमका कामहरु डेभलपमेन्ट, कन्टेन्ट राइटिङदेखि वेब डिजाइनिङसम्म पर्ने विकास सुनाउँछन् ।
भर्खरै साइट सार्वजनिक गरेको अनलाइन काम सिधै बजारमा गएर क्लाइन्टमार्फत पैसा कमाउनभन्दा आफ्नो गुणस्तर श्रमशक्ति तयार पार्न लागिरहेकाे छ।
यसका लागि ती श्रमशक्तिलाई प्रशिक्षण दिने योजना रहेको विकासले टेकपानालाई बताए । ‘हामीले साइट सार्वजनिक गरेको एक हप्तामै ७० भन्दा बढी एप्लिकेसन प्राप्त भएकाे छ । त्यसबाट पनि क्वालिटी वर्कफोर्स निकाल्न पहिले ती नामहरुबाट सर्ट लिस्टिङ गर्छौं,’ उनले सुनाए ।
भावी दिनमा रोजगारदाता कम्पनीबाट माग सिर्जना गराउने र त्यसअघि नै श्रमशक्तिलाई प्रशिक्षण दिएर आफ्नो ट्यालेन्टको पोर्टफोलियो तयार गर्ने अनलाईन कामको योजना छ । आफूसँग त्यस्तो श्रमशक्ति नभएको अवस्थामा बाहिरबाट खोजेर पूर्ति गराउने उनी सुनाउँछन् ।
हाल कम्पनी फाइदामा जानेभन्दा पनि टिक्न केन्द्रित छ । अनलाईन कामले आफ्नो कामलाई पूर्ण स्केलमा सुरु गर्ने समयसम्म पाँच सय ट्यालेन्टलाई तयार गर्ने लक्ष्य लिएको उनी बताउँछन् ।
कोभिडका कारण देशको अर्थतन्त्र तहसनहस भएको छ र यो लामो समयसम्म पनि रहने अनुमान गरिएकाे छ । यस्तो बेला कम्पनीहरुले सकेसम्म कम जनशक्तिबाट धेरै काम गराउनुपर्ने अवस्था हुन्छ । कम्पनीको तत्कालको उद्देश्य भनेको त्यस्ता आवश्यकतालाई पनि पुरा गरिदिनु रहेको विकासले बताए ।
‘कुनै पनि कम्पनीलाई आफ्नो बिजनेस प्लान राइटर चाहियो भने उसले यो बेला अनावश्यक फूल टाइम कर्मचारी नियुक्त गर्न सक्दैन । यस्तो बेला वान टाइम प्रोजेक्ट र अनगोइङ प्रोजेक्टका लागि १०/२० दिनका लागि कर्मचारी राख्न सकिन्छ । यसले त रोजगारदाता कम्पनीलाई पनि उसको खर्च घटाउन मद्दत गर्छ,’ उनले भने ।
उनले नेपालका जनशक्तिलाई विश्व परिवेशमा चिनाउन जरूरी भएकाे बताउँदै पाँच वर्षभित्रमा नेपाली जनशक्तिलाई तयार गर्ने र बाहिरका अवसरहरुसँग पनि जाेडी स्वदेशमै आम्दानी भित्र्याउने योजना रहेको सुनाए ।
आफ्नो संस्थालाई डिजिटल इम्प्लोयमेन्ट डिस्ट्रिब्युसन एण्ड म्यानेजमेन्ट सर्भिस भन्न रुचाउने विकास भविष्यमा कहिले पनि कार्यालयमा गएर गरिने कामकाे प्रोमोट नगर्ने बताउँछन् ।
नेपालमा यस्ता सेवा दिने कम्पनीहरू अरु पनि भएको उनी स्वीकार गर्छन् । तर ती कम्पनीहरुभन्दा आफ्नाे कम्पनी एकदमै फरक रहेको उनीकाे दाबी छ ।
‘नेपालका लागि फ्रिल्यान्सिङ प्लेटफर्म त आइरहेका छन् । अन्तराष्ट्रिय बजारमा पनि अपवर्किङ छन् । सबैले रेमिट्यान्स नै भित्र्याउँछन् । तर उनीहरुले फरक क्षमता भएकाहरुलाई हेर्दैनन् । क्षमतावानलाई मात्र समेट्छन्,’ उनले सुनाए ।
कामको प्रकृति हेर्दा काठमाडौंमा च्याउसरी उम्रिएका जब प्लेसमेन्ट कम्पनी जस्तै लाग्छन् । तर विकासको अनलाइन काम ती कम्पनी भन्दा फरक छ। अनलाईन कामले दिन सक्नेभन्दा धेरै बाचा नगर्ने उनी बताउँछन् ।
‘क्लाइन्टहरुलाई अधिकार छ कि हाम्रो एग्रिमेन्ट पढेर त्यसलाई अप्रुभ वा डिस्प्रुभ गर्न सक्नुहुन्छ । हामी दिनसक्ने भन्दा धेरै बाचा गर्दैनाैं,’ उनले भने ।
सम्बन्धित
काठमाडौं । कोभिड १९ को विषम् परिस्थितिमा होम डेलिभरीलाई व्यवस्थित गर्न डेलिभरी सेवा दिँदा अपनाउनुपर्ने
काठमाडौं । घर पार्लरले अनलाइनबाटै सोह्र श्राद्ध विशेष अनलाइन पण्डित सेवा सुरु गरेको छ ।
तस्वीरमा हालै दुई सय अर्ब डलर सम्पत्तिको किर्तिमान राख्न सफल अमेजनका मालिक जेफ बेजोस र
काठमाडौं । रोजगारीका लागि विश्वव्यापी प्लेटफर्म बन्ने उद्देश्यसहित अप्लाई जब प्रालिले अप्लाई जब डटकम सञ्चालनमा
See More Product Images:
202005B53
विदेशीलाई नेपाली सफ्टवेयर...
काठमाडौं । नेपालको परिवेशमा आउ...
202007B1929
नेपालमै प...
202007B1930
तपाईंको म...
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout