FILTER SEARCH
ID: 202012B43
Created At: 15-Dec-2020 08:31 PM
नवराज के.सि
केही समय अगाडि चर्चित साइकलिस्ट अगुवा साइकल अभियानकर्ता पुरै विश्वलाई साइकलबाटै भ्रमण गरेर एउटा साहशिक साइकलयात्रीको दर्जा पाउन सफल हुनुभएका एकमात्र साइकलिस्ट पुस्कर शाहको नेतृत्वमा एउटा समूहले महाकाली बाट मेची सम्मको साइकल यात्रा समापन गर्यो।१४ दिने उक्त साईकल महोत्सव अन्तर्गत उहाँहरूको यो अभियानबाट नेपालमा साइकल पर्यटनको प्रवर्द्धन गर्नु नै मुख्य उद्देश्य थियो।
कोभिड-१९ ले थलिएको यो अवस्थामा साइकल जागरणबाट केही भएपनि सकारात्मक सन्देश दिनु थियो।उक्त अभियानलाई विभिन्न सहर गाउँहरूमा रहेका स्थानीय र स्थानीय साइकल अभियानकर्ताहरुले स्वागत एवं सम्मान गर्नुभएको थियो। यो महत्वपूर्ण अभियानस्वतःस्फूर्त विशुद्ध नागरिक हरुको तर्फबाट थियो। यसै वर्ष२०२० सेप्टेम्बर १९ देखि २२ सम्म नेपालकोराजधानी काठमाडौंमा विश्वसाइकल सम्मेलन २०२० आयोजनागरिएको थियो।
उक्त सम्मेलनमा साइकल सम्बन्धि फिल्म, भिडियो, डकुमेन्ट्री, चित्रकला, फोटो प्रदर्शनी तथा साइकल सम्बन्धि मुद्दामा बहस र अन्तरक्रिया कार्यक्रम गरिएकोथियो। यो सम्मेलन नेपालका लागि ऐतिहासिक सम्मेलन थियो। सन् 2019 मा हाम्रो देशनेपालकोराजधानी काठमाण्डूमा सम्पन्न भएको दक्षिण एसियाली देशहरु सहभागी भएको साग खेलकुद प्रतियोगिता अन्तर्गत पहिलो पटक समावेश गरिएको साइकल रेस प्रतिस्पर्धामा डाउनहिलतर्फ नेपालका महिला तर्फबाट निस्मा श्रेष्ठ र पुरुष तर्फबाट राजेस मगरले साहसिक खेल प्रदर्शन गर्दै अन्तर्राष्ट्रियस्तरको पहिलो ऐतिहासिक स्वर्णपदक देशलाई दिलाएका थिए र यस जितले नेपालको साइकल अभियान र पुरै देश गौरवान्वित भएको थियो।
त्यस्तै भद्रपुर झापाकी साहसी नेपाली छोरीस्वेता श्रेष्ठ साईकलमै मेची-महाकाली एक्लै साहसिक यात्रा गरिरहेकी छिन्।महिला सशक्तीकरणको विषयलाई मुख्य नारा बनाएर महिलाले पनि साहसिक काम गर्न सक्दछन् आँट गरेर अगाडि बढ्न सक्दछन् भन्ने कुरालाई प्रमाणित गर्न उनले यो कार्य गरेकी हुन्। मान्छेलेकुनैपनी कुराआँटनुमात्र पर्छ वातावरण र परिस्थिति विस्तारै अनुकूल भएर जान्छन् भने झै उनको यो आँटलाइ सबैले प्रशंसा गरेका छन्।विभिन्न शहरहरुमा सबैले उनलाई साथ दिएका छन्।
साइकलको शहर भनेर चिनिएकोचितवन नारायणघाट त्यहाँका साइकल अभियानकर्ता द्वारा साइकल चढ्ने संस्कृतिलाई वढाउन, एकआपसमा भाईचारा र सहकार्य गर्न, समाजलाई स्वस्थ र निरोगी बनाउन र वातावरणलाई साच्चिकै जोगाउने मूल उद्देश्य लिएर “एक सपना साइकल र सफानेपालको“भनेर अभियान नै चलाइएकोछ। जुन ज्यादै सह्रानीय कार्य हो। यस्ताखालका अभियानले देशभरि विस्तारै परिवर्तन ल्याउने छ।
हाल देशमा साइकलअभियानकर्ता हरु द्वारा विभिन्न साइकलसमाज एवं समूहहरुले सनिवारको दिनलाइ साइकलवार भनेर ह्यासट्याग साइकलवार ‘आउनुहोस् है साथी साइकल कुदाउने होइन’? भन्ने अर्को महत्वपूर्ण अभियान पनि सुरु भएको छ।यसले पनि फुर्सदको समयमा साथीहरुसँग साइकल चढ्नु पर्छ भन्ने जनभावना को बिकाश गरेको छ। साइकल सम्बन्धी विभिन्न गीत संगीत पनि बजारमा अहिले प्रशस्तै सुन्न सकिन्छ। अचेल मानिसहरु आफूलाई घुम्न मन लागेको ठाउँमा जानका लागि साइकल चढेर जानेक्रम बढिरहेको छ।
मैले यी माथिका विभिन्न महत्वपूर्ण साइकल अभियानहरु उल्लेख गर्नुको तात्पर्य भनेको अभियानहरु ले नेपालमा साइकल चढ्ने संस्कृति र बानिको विकासमा महत्वपूर्ण योगदान गरेको छ र साइकल संस्कारको विकासका लागि महत्वपूर्ण कोसेढुंगा सावित भएको छ भनेर हो।
यस्ता खालका औपचारिक र अनौपचारिक रुपमा सन्चालित अभियानहरुले पक्कैपनि साइकल जागरण अभियानमा ठुलो टेवा दिनेछ।हाम्रो देशमा यी र यस्ताअरु थुप्रैसाइकल अभियानहरु सञ्चालन गर्न आवश्यक छ। यी सबैखालका क्रियाकलापहरु र अभियान हरुले गर्दा साइकल चढ्ने संस्कार र बानिको विकासमा एकदमै महत्वपूर्ण भूमिका खेल्दछ।
नेपालका गाउँ शहरहरुमा साइकल चढ्ने अभियान सुरु भएको छ के युवा के बालबालिका के वृद्ध सबै उमेरका मानिसहरूमा साइकल चढ्ने रहर बढिरहेको छ। यसले हामी साइकल अभियानकर्ता हरुलाई पनि उत्साहित बनाएको छ। हालसालै ललितपुर महानगरपालिकाले नेपालमै पहिलो साइकल मार्किङ गरिएको साइकल पथको निर्माण गरेको छ। यसका लागि साइकल अभियानकर्ता हरूको महत्वपूर्ण भूमिका रह्यो।
अब नेपालकाअन्य शहरहरुमा पनि यो कार्यको सुरुवात एवं विस्तार हुनेर केन्द्रीय सरकार र स्थानीय सरकारमा पनि यस सम्बन्धी जागरूकता आउने पक्का छ। अब बन्ने नयाँ मार्गहरुमा साइकल पथ र पार्किङस्थल अनिवार्य व्यवस्था भएर निर्माण हुने पक्का छ।त्यसपश्चात साइकल चालक हरु ले पनि निर्धक्कसँग आफ्नो लेनमा साइकल चलाउन पाउनेछन् साइकलबाटै गुजारा गर्ने वर्गहरु पनि सडकमा पूर्णरुपमा सुरक्षित हुनेछन्। रमाउने छन्। नजिकका ठाउँहरुमा सजिलै पुग्नका लागि मानिसहरू साइकलबाटै सवार हुनेप्रचलननिश्चय नै बढ्नेछ।यो हामी साइकल अभियानकर्ता हरुका लागि पक्कै पनि खुशीको कुरा हो। साइकल जागरण एउटा उचाइमा पुग्ने छ।
सबै मानिसहरु सुसूचित र सचेत हुनेछन्। वातावरण स्वास्थ्य र जनस्वास्थ्य प्रति गम्भीर हुनेछन्। यति सानो देश प्राकृतिक रुपले सुन्दर वातावरण जैविक विविधताले भरिपूर्ण अर्थात् भनौं सिङ्गै देश नै एउटा संग्रहालय जस्तो छ सम्पदा संस्कृतिले भरिपूर्ण परिपूर्ण हाम्रो देश अब कुराले मात्र होइन व्यवहारले पनि यसको सम्वर्धन र प्रवर्धन गर्न कटिबद्ध छौँ भनेर लागि पर्न सुरु भएको छ। हजारौं माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भने झैं यो अभियान अर्थात साइकल चढौं स्वस्थ बनौँ वातावरण जोगाउँ अनि जन स्वास्थ्यको ख्याल गरौं भन्ने अभियानको पहिलो पाइला पनि लम्की सकेको छ।
अब सम्पूर्ण अभियान कर्ता हरु पनि सुझबुझ पूर्ण तरिकाले धैर्य अठोट आँटगरेर गम्भीरतापूर्वक अगाडि बढ्नु जरुरि छ।हिमाल पहाड र तराईका गाउँ सहर र बस्तीहरु मा साइकल अभियानले सफलता एवंसार्थकता प्राप्त गर्नेछ सबैको साथ र सहयोग मिल्नेछभन्ने ठूलो अपेक्षाका साथ अब यो साइकल अभियान कहिले पनि नओइलावस् यसको लहर सधैं चलिरहोस आइपर्ने सबै चुनौतीहरुलाई सामना गरेर अगाडि बढिरहोस्। पक्कै पनि नेपालमा पूर्णरूपमा साइकल जागरण आउनेछ। (लेखक साईकल यात्रि अभियानकर्ता हुन्)
See More Product Images:
202012B38
साइक्लिस्ट अर्जुन, खर्च ध...
उनले पहिलो उपाधि धरानमा आयोजित...
202012B58
Divas Gurung article
मर्दी पर्यटन छोटो समयमै गति लि...
202012B94
Nawaraj Kc cycling articl...
#मजदुर दैनिक #पुष १ २०७७(16 De...
202012B116
Divas Gurung mardihimal c...
मर्दी पर्यटन छोटो समयमै गति लि...
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout