FILTER SEARCH
ID: 202102B19
Created At: 18-Feb-2021 07:10 PM
नवराज पुडासैनी १९ माघ, काठमाडौँ । बुढानिलकण्ठ राइडर क्लवका १५ जना साइक्लिस्टले महाकाली देखी मेची साइकल यात्रा गर्ने भएका छन । हिंसा रहित समाज र स्वच्छ वातावरण संरक्षणको मुल नारा सहित कार्यक्रम गर्न लागेको राम बहादुर (ओशो पुजारी)ले बताउनु भयो । साइकल यात्रामा श्रीराम अधिकारी, सुरज सुवेदी, रविकर तामाङ, राम खड्गी, सुदिप आर्चाय, पुशन ताम्राकार, […]
नवराज पुडासैनी
१९ माघ, काठमाडौँ । बुढानिलकण्ठ राइडर क्लवका १५ जना साइक्लिस्टले महाकाली देखी मेची साइकल यात्रा गर्ने भएका छन । हिंसा रहित समाज र स्वच्छ वातावरण संरक्षणको मुल नारा सहित कार्यक्रम गर्न लागेको राम बहादुर (ओशो पुजारी)ले बताउनु भयो ।
साइकल यात्रामा श्रीराम अधिकारी, सुरज सुवेदी, रविकर तामाङ, राम खड्गी, सुदिप आर्चाय, पुशन ताम्राकार, कृष्ण विर चौधरी, विरेन्द्र श्रेष्ठ, राधेश्याम भण्डारी, बुध्द काजी श्रेष्ठ, रवि के.सी. नितिन शर्मा, डायमण्ड थापा, पदमेन्द्र नाथ कर्माचार्य सहभागी हुने रवि केसीले बताउनु भयो ।
विगत लामो समय देखी साइकिलिङ अभ्यास गर्दै आउनु भएका क्लवका सदस्यहरुले यस अघि पनि विभिन्न राष्ट्रिय स्तरका साइक्लिङ कार्यक्रमहरुमा सहभागी हुदै आउनु भएको छ । माघ २७ गते महाकाली बाट सुरु हुने साइकल यात्रा फागुन ५ गते मेची पुलमा पुगेर समापन हुने श्रीराम अधिकारीले बताउनु भयो ।
माघ २३ र २४ गते नेपालगंज देखी बर्दियाको ठाकुरद्धारामा हुने टुर दी ठाकुरद्धारा २०२१ साइकल यात्रामा सहभागी भएर साइकल यात्रीहरुले सो साइकल यात्रामा सहभागी हुन लागेको नेपालगंज साइक्लिङ क्लवका अध्यक्ष गगन थापाले बताउनु भयो ।
प्रकाशित मिति: १९ माघ २०७७, सोमबार १९:५७
See More Product Images:
© 2025 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout