FILTER SEARCH
ID: 2105B23
Created At: 02-May-2021 02:40 AM
धनगढी। बाल्यकालमा एक खुट्टा गुमाउदा पनि हिम्मत नहारेका यमलाल रसाईली अन्ततः कोरोनासंग हारेका छन् । कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत ४३ वर्षीय रसाईलीको शुक्रबार बिहान ४ बजे मृत्यु भएको छ । एक खुट्टाको भरमा साईकलमा मेची—महाकाली यात्रा गरेर चर्चा कमाएका रसाईलीको दृढ ईच्छा र हिम्मतको त्यसयता सबैले प्रशंसा गर्थे । रसाईलीको जन्म पर्वतमा भएको […]
धनगढी।
बाल्यकालमा एक खुट्टा गुमाउदा पनि हिम्मत नहारेका यमलाल रसाईली अन्ततः कोरोनासंग हारेका छन् । कोरोना संक्रमणपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत ४३ वर्षीय रसाईलीको शुक्रबार बिहान ४ बजे मृत्यु भएको छ ।
एक खुट्टाको भरमा साईकलमा मेची—महाकाली यात्रा गरेर चर्चा कमाएका रसाईलीको दृढ ईच्छा र हिम्मतको त्यसयता सबैले प्रशंसा गर्थे । रसाईलीको जन्म पर्वतमा भएको थियो । उनको चार वर्षको उमेरमा घर आँगनमा लडेर भाँचिएको खुट्टा लामो उपचारका क्रममा पनि निको हुन नसकेपछि काटिएको थियो ।
खुट्टा काटिएपछि उनी विद्यालय जान थाले । सहपाठीहरुले उनको बैशाखी फालिदिन्थे । अपांगता भएका कारण उनी विद्यालयमा शिक्षक र विद्यार्थीबाट अपमानित भईरहे । त्यही कारण उनको विद्यालय प्रतिको मोह भंग भयो । उनले विद्यालय नजाने निधो गरे । अभिभावकको पनि उनको अडानका कारण केही सीप चलेन । उनले पढाई छोडे ।
त्यही बेला उनको परिवार पर्वतबाट कैलालीको लम्की बसाई स¥यो । उनी पनि अभिभावकसंगै लम्की झरे । खुट्टा घुडा मुन्तिरको भाग काटिएपनि उनी कसैमा आश्रित भएनन । उनले आफ्नै बलबुता र मिहिनेतमा कैलालीको लम्कीमा सिलाई कटाई पसल खोले । धेरैलाई आश्रय दिए । जागीर दिए । अपांगता भएका व्यक्तिहरुका लागि त उनी प्रेरणास्रोत नै बने ।
अपांगता भएका व्यक्तिहरु परिवार र सदस्यहरुका लागि बोझ मानिन्छन । रसाईली भने परिवारका लागि सहारा बने । हिम्मत बने । उनले केही समय काकाको साईकल पसलमा मर्मतको काम गरेका थिए । र त्यही बेला साईकल चलाउन सिके । एक खुट्टाका भरमा साईकल चलाउन थालेपछि उनको हिम्मत बढ्यो । उनले साईकलमा नेपाल यात्रा गर्ने अठोट गरे ।
त्यही अठोट पुरा गर्न उनी २०५९ सालमा उनी एक खुट्टाका भरमा साईकलमा नेपाल यात्रामा निस्किए त्यतिबेला सरकार र माओवादीबीचको सशस्त्र द्धन्द निकै चुलिएको थियो । द्धन्दले पनि उनको यात्रा रोकिएन । मुलुकमा स्थायी शान्तिको कामना गर्दै मेची महाकाली यात्रामा निस्किएका यमलालले दुई महिना १८ दिनमा ३१ जिल्लाको यात्रा पुरा गरे ।
बैशाख ५ गते बिरामी भएपछि सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनमा दुई दिनपछि संक्रमण पुष्टि भयो । त्यसपछि उनलाई कोरोना वार्डमा राखियो । त्यहाँ राखेको तीन दिनपछि अक्सिजनको कमि भएपछि उनलाई अक्सिजन दिईयो । स्वास्थ्य अवस्था जटिल भएपछि १२ गते उनलाई कोरोना वार्डबाट आईसियुमा सिफट् गरियो । आईसियुमा पनि उनको अवस्था सुधार हुन नसकेपछि १५ गते भेन्टिलेटरमा राखियो । भेन्टिलेटरमा १७ गते बिहान चार बजे उनले अन्तिम सास लिए ।उनको निधनपछि परिवार शोकाकुल छ ।
उनकी एक छोरी, छोरा र पत्नी छन् । उनकी भतिजी सुनिता रसाईलीले सामाजिक सञ्जालमा लेखेकी छन्, यो कस्तो अनर्थ भयो हाम्रो परिवारमा हजुर यति साहसी बहादुर भएर पनि आज कोभिड संग हार्नु भयो । भगवान् यो खबर झुठा होस् असह्य अकल्पनीय घटना आज कसरी सहनु दैव । उनको निधनपछि नेपाल साईकल सोसाईटीले दुःख व्यक्त गर्दै भनेको छ,अत्यन्त दुखद समय बनेर यो समय आएको छ।
जस्तै दुख र पिडामा आफु रहेपनि हामी सबैलाई प्रेरणा र उर्जा दिइरहने यमलाल रसाईली आज हामी बीच रहनुभएन। सेती हस्पिटलमा भेन्टिलेटरमा उपचा्थ रााखिनु भएको कोरोना भाइरससँगको लडाईमा उहाँ हार्नु भयो। हाम्रो सँझनामा सदा रहिरहनु हुनेछ। हार्दिक श्रद्धाञ्जली यमलाल जी। हार्दिक श्रद्धाञ्जली श्रदान्जली। नेपाली सेनाले शुक्रबार दिउसो कैलालीको गोदावरीमा रसाईलीको पार्थिव शरीरको दाहसंस्कार गरेको छ ।
उनको अन्तिम धोको थियो, पारा ओलम्पिकमा रेकर्ड बनाउने । उनी भन्ने गर्थे, ‘एउटा खुट्टा नभएको नेपालीले पारा ओलम्पिकमा विजय प्राप्त गरेको रेकर्ड बनाउने धोको छ । यो धोको पूरा भइदिए मैले जीवन साकार भएको ठान्न पाउने थिएँ ।’ कोरोनाले उनको जीवन त लग्यो । संगै उनको त्यो धोको पनि ।
See More Product Images:
202004B1
No, e-bikes aren’t cheati...
202005B6
About 4,000 containers st...
202005B21
10 Companies That Control...
It might surprise you that the...
© 2024 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout