FILTER SEARCH
ID: 2401B4
Created At: 21-Jan-2024 06:45 PM
साइकल रक्सौलहुँदै अमलेखगञ्जसम्म रेलमा र अमलेखगञ्जबाट लरीमा भीमफेदीसम्म ल्याए ।
१९८० सालतिरको कुरा हो, जतिबेला नेपालमा राणाशासन थियो । भारतमा भने ब्रिटिस शासन थियो । ब्रिटिसले बेलायतबाट भारत ल्याएका साइकल राणाले आफ्नो सोख पूरा गर्न नेपाल भित्र्याएका थिए । त्यसबेलासम्म सर्वसाधारणको पहुँचभन्दा साइकल निकै नै पर थियो ।
असन कमलाक्षीका पञ्चनारायण मानन्धर तरकारी व्यवसायी थिए । कमलाक्षीको आफ्नै घरमा उनले तरकारी पसल चलाएका थिए । पञ्चनारायणका छोरा थिए अष्टनारायण । तिनै अष्टनारायणका एक जना साथी दरबारमा काम गर्थे । उनले एक दिन दरबारका राणा र तिनका छोराछोरीले मात्र चलाउन पाउने साइकल लिएर आए ।
अष्टनारायणले पहिलोपल्ट चलाएकाले साइकल लड्यो । लडे पनि साइकल चलाउने उनको धित भने नमरेकाले फेरि मागे । तर, त्यसपछि साथीले उनलाई चलाउनै दिएनन् । तब, उनले आफू जसरी साइकल चढ्छु, अरुलाई पनि चढाउछु भनेर इख नै लिए ।
तर कसरी ? यस विषयमा सबैसँग सोधीखोजी गर्दा एक जना बुबाका व्यवसायी साथीले भारतको कलकत्ता पुग्नुपर्छ, त्यहाँ साइकल खरिद गर्न पाइन्छ भनेर सुनाए । अष्टनारायण केही नसोची कलकत्ता हानिए ।
कलकत्ता पुगेर ८ रुपैयाँ गोटाले छवटा बेलायती ‘हक्र्युलेस’ साइकल खरिद गरे । ती साइकल रक्सौलहुँदै अमलेखगञ्जसम्म रेलमा र अमलेखगञ्जबाट लरीमा भीमफेदीसम्म ल्याए । अनि त्यहाँबाट छ जना भरियालाई बोकाएर कुलेखानी भएर काठमाडौं ल्याइपुर्याए । तरकारी पसल हटाएर त्यहाँ साइकल राखे । बुबा पञ्चनारायणसँग उनको झगडै पर्यो । पञ्चनारायणले खानेकुरा छोडेर यो फलामको ढिक्का किन ल्याएको भनेर गाली गरे ।
तर, उनको ढिपीका अगाडि पञ्चनारायण र परिवार कसैको केही लागेन । यसरी १९८१ सालमा असन कमलाक्षीस्थित आफ्नै घरमा अष्टनारायणले बुबाको नाम जोडेर ‘पञ्चनारायण–अष्टनारायण साइकल’ नाममा साइकल पसल सुरु गरे । भारतबाट ल्याएका साइकल प्रतिगोटा २० रुपैयाँका दरले बिक्रीमा राखे । त्यसबेला २० रुपैयाँमा त जग्गा नै आउँथ्यो । त्यसैले जोकसैले साइकल किन्ने कुरै भएन । साइकल बिक्न धेरै समय लाग्यो ।
त्यसरी उनले सुरु गरेको साइकल व्यवसायलाई उनका छोरा तीर्थनारायणहुँदै नाति त्रिरत्न मानन्धरसम्मले निरन्तरता दिए । त्रिरत्नको पालासम्म आइपुग्दा साइकल आममानिसका लागि आवश्यक नै बनिसकेको थियो ।
बुबाको साइकल व्यवसायमा होमिएका त्रिरत्न मेकानिकल इञ्जिनियरिङ अध्ययन गर्न पोल्यान्ड पुगे । उनले बाजेको समयदेखिको नाममा भने केही छोटो बनाएर ‘पञ्च–अष्टनारायण साइकल पसल’ राखे ।
२००६ सालसम्म आइपुदा भारत स्वतन्त्र भएसँगै भारतमा नै साइकल उत्पादन सुरु भयो । मूल्य पनि कम भयो । त्यसपछिको करिब साढे तीन दशकसम्म भारत र नेपालमा पनि आमसर्वसाधारणमा अत्यधिक रूपमा साइकलको प्रयोग र पहुँच भयो ।
२०३६ सालमा ‘पञ्च–अष्टनारायण साइकल पसल’ले भित्र्याएको हिरो तीन गियरको साइकल खरिद गर्न मान्छेको लाइन नै लागेको थियो । व्यवसायले राम्रो गति लिइरहेको थियो । त्रिरत्न हौसिएका थिए ।
२०४० सालमा मोटरसाइकल दुर्घटनामा परेर त्रिरत्नको मृत्यु भयो । राणा शासन ढलेर प्रजातन्त्र बहाली भएसँगै बैंकहरू खुल्न थाले । साथै, सर्वसाधारणमा सहज आर्थिक गतिविधि हुन थाल्यो । बैंकहरूले ऋण दिन थाले । मोटरसाइकल तथा गाडीको मूल्य सस्तियो । त्यसपछि सर्वसाधfरणकाे आकर्षणमा त्यस्ता सवारीसाधन पर्नु स्वाभाविक पनि थियो ।
परिणामतः पञ्च–अष्टनारायण साइकलको व्यवसाय ओरालो लाग्न थाल्यो ।
त्रिरत्नका छोराहरू सानै थिए । त्यसैले उनका भाइले व्यवसायलाई सम्हाले पनि व्यापार नभएकै कारण साइकल व्यवसाय बन्द गरेर उनी मान्छेको आकर्षण रहेको मोटरसाइकल व्यवसाय गर्ने सोच बनाउँदै थिए ।
२०५७ सालमा त्रिरत्नका कान्छा छोरा तिरेकले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङको अध्ययन पूरा गरे । उनीसँगै पढेका साथीहरू कोही जागिरतिर लागे, कोही भविष्य खोज्दै विदेशिए ।
तिरेकलाई भने आफ्ना पुर्खाले विस्तार गरेको साइकल व्यवसायको विरासतलाई जोगाइराख्नुपर्छ भन्ने सोच आयो । त्यसबेला विदेशीले ल्याउने साइकलप्रति मान्छेको आकर्षण देखिन्थ्यो । निकै महँगा हुन्थे । ठमेलमा विदेशीहरूले साइकलकाे भाडा तिरेर चढ्ने गर्थे । यो देखेका उनलाई व्यवसायलाई परिमार्जन गर्दै सबै प्रकारका साइकल उपलब्ध गराउन सकियो भने त व्यापारले गति लिन्छ भन्ने लाग्यो । त्यसैले आफूमा पुर्खाको विरासतलाई विस्तार गर्ने आत्मविश्वास जागेको तिरेक बताउँछन् ।
तिरेकले साइकलका प्रकारबारे अध्ययन गर्न थाले । ७ नम्बरसम्मका साइकलका प्रकार हुने थाहा पाए, जसमध्ये त्यतिबेला नेपालमा एक र दुई नम्बरका साइकल मात्र बजारमा उपलब्ध थिए । तीन र चार विदेशीले चढ्ने माउन्टेन तथा ट्रेकिङ साइकल पनि उनले भित्र्याए । त्यसपछि खस्किसकेको ‘पञ्च–अष्टनारायण साइकल’ले व्यावसायिक लय समात्न थाल्यो ।
२०६४ सालमा तिरेकले ‘पञ्च–अष्टनारायण साइकल’ नाम परिवर्तन गरेर 'प्याङ्क बाइक' नाममा ब्रान्डकै रूपमा साइकल उत्पादन थाले । असन कमलाक्षीबाट कान्तिपथमा शाखा विस्तार गरे । साइकल भाडामा दिने, टुरको आयोजना गर्ने, बिग्रेको बनाउन रिकन्डिसन सञ्चालनजस्ता उपाय अपनाएर 'प्याङ्क बाइक'को ब्रान्डलाई विस्तार गर्न थाले । त्यसपछि बिस्तारै प्याङ्क बाइकप्रति मान्छेको आकर्षण बढ्न थाल्यो ।
हाल प्याङ्क बाइक ब्रान्डका २ हजारदेखि २० लाख रुपैयाँसम्मका साइकल उपलब्ध रहेको र आफ्नो ब्रान्डको साइकल र पार्टपुर्जा नेपालभरि बिक्री हुने गरेको तिरेक बताउँछन् । साथै, फुडमान्डूलगायत डेलिभरि कम्पनीहरूसँगको सहकार्यमा प्याङ्क बाइकले काम गरिरहेको छ ।
प्याङ्क बाइकमा प्रयोग हुने पार्टपुर्जा ताइवान, इन्डोनेसिया र चीनबाट आयात हुने गरेका छन् । ग्राहकको मागअनुसार ती देशबाट साइकल पनि आयात गर्ने गरेको तिरेक सुनाउँछन् ।
आगामी दिनमा प्याङ्क बाइकका इलेक्ट्रिक साइकल तथा बाइक पनि उत्पादन गरेर व्यवसायलाई थप विस्तार गर्ने सोचमा तिरेक छन् । व्यवसायलाई थप विस्तार गर्दै प्याङ्क बाइकलाई नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारसम्मै पुर्याउने गरी काम भइरहेको उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, माघ ७, २०८० ०७:०५See More Product Images:
202004B1
No, e-bikes aren’t cheati...
202005B6
About 4,000 containers st...
202005B21
10 Companies That Control...
It might surprise you that the...
© 2024 PANCBIKE. All rights reserved.
Hand-crafted & Made with : KTM Labs
Checkout